आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

सरकार र आन्दोलनरत ट्यांकर चालकबीच सहमति, पेट्रोलिमयम आपूर्ति सूचारु

सरकार र आन्दोलनरत ट्यांकर चालकबीच सहमति, पेट्रोलिमयम आपूर्ति सूचारु

काठमाडौँ । सरकार र आन्दोलनरत ट्यांकर चालकबीच सहमति जुटको छ । सहमति जुटेसँगै आजैदेखि पेट्रोलिमय पदार्थको आपूर्ति सहज हुने भएको छ ।

नेपाल आयल आयल नियमका नायब कार्यकारी निर्देशकको संयोजकत्वमा समिति गठन गरी १५ दिन भित्र मजदुरका माग सम्बोधन गर्ने र आजैदेखि पेट्रोलियम पदार्थको ढुवानी सुचारु गर्ने सहमति भएको निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिए ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भएको छलफलमा उक्त सहमति भएको हो । यससँगै थानकोट डिपोबाट अब निजी पेट्रोल पम्पहरुमा पेट्रोलियम पदार्थको आपूर्ति हुनेछ ।

पेट्रोलियम पदार्थ आपूर्ति नहुँदा आइतबारदेखि नै काठमाडौँका निजी पेट्रोल पम्पले पेट्रोल वितरण बन्द गरेका थिए ।

यो पनि :

काठमाडौंमा पेट्रोल अभाव, बन्द भए पम्प

 

यस्तो छ सहमति पत्र…

 

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend