सोमबार, बैशाख २२ २०८२

सोमबार, बैशाख २२ २०८२

महिन्द्राले ल्यायो ‘ज्याला फ्रि, बोलेरो मर्मत र सर्भिसिङ्गमा बचत बढी’ योजना

महिन्द्राले ल्यायो ‘ज्याला फ्रि, बोलेरो मर्मत र सर्भिसिङ्गमा बचत बढी’ योजना

काठमाडौँ । अग्नि ग्रुप अन्तर्गत बालाजु अटो वर्कसले आफ्ना महिन्द्रा बोलेरो गाडीका ग्राहकहरुलाई लक्षित गरी नयाँ योजना ल्याएको छ ।

यही असार ९ देखि २१ गतेसम्मका लागि ‘ज्याला फ्रि, बोलेरो मर्मत र सर्भिसिङ्गमा बचत बढी’ योजना ल्याएको हो । जुन डेन्ट पेन्ट र बाहिरी श्रममा लागू हुने छैन ।

साथै, यसको लाभ लिनका लागि ग्राहकले कम्तीमा १ हजार रुपैयाँको स्पेयर पार्ट्स खपत गर्नुपर्नेछ ।

बालाजु अटो वर्क्सका सर्भिस हेड शिव सुदन श्रेष्ठका अनुसार ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै यस्ता योजनाहरू ल्याइएको हो ।

उनले भने- ‘हामी चाहन्छौं कि बोलेरो ग्राहकहरूले अझ बढी बचत का साथै यस योजनामा सहभागी भई बढी भन्दा बढी लाभ लिन सकून् ।’

यो योजना हाल बागमती र गण्डकी प्रदेशका बालाजु अटो वर्कस अन्तर्गत महिन्द्राका आधिकारिक सर्भिस सेन्टरहरुमा मात्र लागू गरिएको छ ।

साथै अग्नि ग्रुपको सहायक कम्पनी अग्नि आस्था प्रा ली ले यसै योजना अन्तर्गत महिन्द्राका कुनै पनि गाडी खरिद तथा बिक्रि वा एक्सचेन्ज गर्ने योजना पनि ल्याएको छ ।

यसै योजना अन्तर्गत गाडी खरिद गर्दा थप वारेन्टी, फ्री सर्विसिंग, अग्नि हायर परचेज मार्फत सरल फाइनान्सिंग, लगायत अन्य सुबिधा पनि उपलब्ध हुने बताइएको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend