सोमबार, बैशाख २२ २०८२

सोमबार, बैशाख २२ २०८२

बिवाइडी एट्टो–३ १०० किलोवाटका गाडी नेपालसँगै सिंगापुर र श्रीलंकामा

बिवाइडी एट्टो–३ १०० किलोवाटका गाडी नेपालसँगै सिंगापुर र श्रीलंकामा

काठमाडौं । चिनियाँ कार निर्माता कम्पनी बिवाईडी अटो लिमिटेडले निर्माण गरेका १०० किलोवाट भन्दा कम क्षमताको मोटर इलेक्ट्रिक कार एट्टो–३ नेपालसँगै सिंगापुर र श्रीलंकामा बिक्री भैरहेको छ । नेपालमा जस्तै सिंगापुर र श्रीलंकामा पनि मोटर क्षमताको आधारमा भन्सार र अन्तःशुल्क दर निर्धारण गरेपछि बिवाइडीले यसअघि १ सय ५० किलोवाट क्षमतामा बिक्री गर्दै आइरहेको एट्टो ३ लाई मोटर क्षमता घटाएर १०० किलोवाटमा निर्माण गरेर ती देशमा बिक्री गर्दै आएको छ। अन्य देशमा भने एट्टो–३ १ सय ५० किलोवाट क्षमतामै उत्पादन र बिक्री गरिरहेको कम्पनीले जनाएको छ।

मोटर क्षमता कम गरेर उत्पादन गरिएका १०० किलोवाट र १ सय ५० किलोवाटको गाडीमा फिचरहरु भने समान रहेका छन् । मोटर क्षमताकै भन्सार र अन्तःशुल्क घट्दा गाडीको बिक्री भने निकै बढेको छ। १ सय ५० किलोवाट क्षमतामा यसअघि ८९ लाख ९० हजार मूल्य रहेकोमा १०० किलोवाट क्षमतमा आउने बित्तिकै एट्टो ३ नेपालमा ६४ लाख ९० हजार रुपैयाँमा बिक्री भइरहेको छ।

मोटर क्षमता घटेर आएपनि एट्टो ३ मा बिवाइडीले ब्याट्रीको आकार र अन्य फिचरमा भने कुनै कटौती गरेको छैन् । यसअघिको १ सय ५० किलोवाटमा उपलब्ध ६०.४ किलोवाट आवरको ब्लेड ब्याट्रीलाई नै निरन्तरता दिएको छ। कम्पनीको दावीअनुसार यो कारलाई एकपटक फूल चार्ज गर्दा ४ सय २० किलोमिटर रेन्ज पाउन सकिन्छ । ७ किलोवाटको चार्जरबाट चार्ज गर्दा ६ घन्टा १० मिनेटमा फुल चार्ज गर्न सकिने एट्टो ३ लाई ८० किलोवाटको डिसी फास्ट चार्जरले ४५ मिनेटमा फुल चार्ज गर्न सकिन्छ ।

सेफ्टी फिचरअन्तर्गत यो एसयूभीमा ७ वटा एयरब्याग, अगाडि भेन्टिलेटेड डिस्क र पछाडि डिस्क ब्रेक दिइएको छ । इलेक्ट्रिक पार्किङ ब्रेक, एबीएस, ईएसपी, ट्रयाक्सन कन्ट्रोल, हिल डिसेन्ट कन्ट्रोल, इन्टेलिजेन्ट क्रुज कन्ट्रोल, अटोमेटिक ब्रेकिङ, फ्रन्ट कोलिजन वार्निङ, डोर ओपन वार्निङ, लेन डिपार्चर वार्निङ, लेन किप एसिस्ट, क्रस ट्राफिक अलर्ट लगायतका फिचर पाउन सकिन्छ ।

आकर्षक इन्टेरियर दिइएको यो कारमा मल्टी फङ्सनल स्टेरियङ ह्विल, ५ इन्चको डिजिटल इन्स्ट्रयुमेन्ट क्लष्टर, १२.८ इन्चको रोटेड इन्फोटेन्टमेन्ट सिस्टम, वायरलेस चार्जर, किलेस इन्ट्री, ८ वटा स्पिकर, लेदर सिट, फोल्ड गर्न मिल्ने रियर सिट, ६ तरिकाले मिलाउन सकिने ड्राइभर सिट, आइएसओ फिक्स चाइल्ड सिट लगायत पाउन सकिन्छ। जुन यसअघिको १ सय ५० किलोवाटमा समेत समान रहेको थियो ।

यो कारको टर्क ३ सय १० एनएम रहेको छ भने ग्राउन्ड क्लियरेन्स १ सय ७५ एमएम रहको छ । ५ जनाले आरामदायी यात्रा गर्न सकिने एट्टो–३ को बुट स्पेस ४ सय ४० लिटर छ । पछाडिको सिटलाई फोल्ड गरेर १३ सय ४० लिटरसम्म पुर्याउन सकिन्छ । बिवाइडीले गत वर्ष कूल ३० लाख ४५ हजार २ सय ३१ इकाइ गाडी उत्पादन गरेको थियो । पछिल्लो समयमा बिवाइडीले महंगो अमेरिकी ब्राण्ड टेस्ला इंकलाई कडा टक्कर दिएको छ ।

नेपालमा लोकप्रिय ब्राण्ड बन्दै बिवाइडी

नेपालमा विद्युतीय गाडीको माग बढ्दै गएको छ । यहाँ विभिन्न ब्राण्डका विद्युतीय गाडी उपलब्ध छन् । ती मध्ये बिवाइडी नेपालमा लोकप्रिय विद्युतीय गाडी बनेको छ । बिवाइडी नेपालमा सबैभन्दा बढी विद्युतीय गाडी बिक्री भएको बिक्रेता कम्पनी साइमेक्स इंकले जनाएको छ ।

बिवाइडीले विभिन्न भेरियन्टका विद्युतीय गाडी नेपालमा बिक्री वितरण गरिरहेको छ । बिवाइडीको नेपालमा अटो–३ बढी बिक्री भएको छ । १ सय किलोवाट क्षमताको गाडी नेपालमा बढी बिक्री हुने गरेको कम्पनीले जनाएको छ । नेपाली बजारमा बिवाइडीको डल्फिन, अटो–३ र सिल ब्राण्ड बढी लोकप्रिय बनेको छ ।

सन् १९९५ मा ब्याट्री निर्माताको रूपमा स्थापना भएको बीवाईडीले पछि प्लग–इन हाइब्रिड र सबै–इलेक्ट्रिक वाहनहरू उत्पादन गर्न आफ्नो ध्यान केन्द्रित गरेको छ । सेन्जेन क्षेत्रलाई मुख्य बजार बनाएको बिवाइडीले चीन र युरोपमा टेस्लासँग प्रतिस्पर्धा गर्दै आएको छ।

बजार बढाउने कम्पनीको रणनीति

बिवाइडीले एसिया प्यासिफिक अटो सेल्स डिभिजन महाप्रबन्धक लिउ जुलियाङको नेतृत्वमा नेपालमा गत वैशाखमा आफ्नो बजारबारे अध्ययन गरेको थियो । प्रबन्धक र डेपुटी महाप्रबन्धक केत्सु झाङ सहभागी थिए। तीन दिनसम्म नेपालमा रहेको टोलीले बिवाइडीका नक्साल र पुल्चोकस्थित सोरुम तथा गुहेश्वरीस्थित सर्भिस सेन्टर अवलोकन गरेको थियो ।

महाप्रबन्धक जुलियाङले नेपालमा तीब्ररुपमा व्यापार बढाउन प्रतिबद्ध रहेको बताएको बिवाइडीको नेपालका लागि आधिकारिक बिक्रेता साइमेक्स इंकले जनाएको थियो । बिवाइडीको एटो ३ लाई बहुप्रतीक्षित प्रिमियम एसयुभी मानिन्छ ।

एटो–३ एकपटक फुलचार्ज गर्दा ४ सय ५० किलोमिटर कुद्न सक्छ । नेपालमा उपलब्ध बिवाईडीका कारमध्ये एटो ३ मा सबैभन्दा शक्तिशाली मोटर जडित छ । यसको एक्सिलेरेसन पावर झन उत्कृष्ट छ ।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend