आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

शेयर बजार घट्दा आज ४ अर्ब ३७ करोडको कारोबार

शेयर बजार घट्दा आज ४ अर्ब ३७ करोडको कारोबार

काठमाडौँ । आज आइतबार शेयर बजार घटेकाे छ । नेपाल स्टक एक्सेचञ्ज ५.३७ अकंले घटेर २०६२.९४ बिन्दुमा बन्द भएको हाे ।

आज ७८ कम्पनीको शेयर मूल्य बढेको छ भने १६४ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज कारोबार रकममा भने सुधार देखिएको छ । आइतबार ३१७ कम्पनीको ९५ लाख ६१ हजार ७२७ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ३७ करोड ४५ लाख ९७ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।

आइतबार १० उपसूचक राताम्य भएका छन् । आज बैंकिङ समूहको ०.४० प्रतिशत, विकास बैंक समूहको ०.१० प्रतिशत, होटल तथा पर्यटन समूहको १.१० प्रतिशतले शेयर मूल्य ओरालो लागेको छ । बजारमा गिरावट देखिए पनि फाइनान्सको शेयरमा लगानीकर्ता झुम्मिएका छन् ।

आज पोखरा फाइनान्सको १७ करोड १३ लाख रुपैयाँ, नेपाल फाइनान्सको १३ करोड ५८ लाख रुपैयाँ, रिलायन्स फाइनान्सको १३ करोड १६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

रिलायन्स फाइनान्स कम्पनी, गणपति लघुवित्त वित्तीय संस्था, साधना लघुवित्त र मैलुङ खोला जलविद्युतका लगानीकर्ताले आज १० प्रतिशतका दरले कमाएका छन् ।

आज ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ६ प्रतिशतका दरले गुमाएका छन् ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend