सोमबार, बैशाख २२ २०८२

सोमबार, बैशाख २२ २०८२

लागुपदार्थ दुव्र्यसनी न्युनिकरण गर्न पाठ्यपुस्तकमा सचेतनाका विषय समावेश गरेका छौँ : मन्त्री श्रेष्ठ

लागुपदार्थ दुव्र्यसनी न्युनिकरण गर्न पाठ्यपुस्तकमा सचेतनाका विषय समावेश गरेका छौँ : मन्त्री श्रेष्ठ

मन्त्री श्रेष्ठ – प्रगति विवरण सार्वजनिक काठमाडौँ , ४ असार ः शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले मन्त्रीको कार्यभार सम्हालेको सय दिन पुरा भएको अवसरमा मङ्गलबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सोही अवधिको प्रगति विवरण सञ्चारकर्मीलाई जानकारी दिँदै । तस्बिर ः हरिराम भेटुवाल÷रासस

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले लागुपदार्थ दुव्र्यसनी न्युनिकरणका लागि विद्यालय तहका पाठ्यपुस्तकमा सचेतनाका विषय समावेश गर्नुपर्ने बताएकी छन् । बुधबार लागुऔषध दुरुपयोग तथा अवैध ओसार–पसार शिरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन् ।

उनले लागुऔषध दुरुपयोग तथा अवैध ओसार–पसार गर्न नहुने सचेतना फैल्याउने विषय पाठ्यक्रमहरुमा समावेश नभएको भन्दै मन्त्रालयले समाजसँग पाठ्यक्रम भनेर सो अभियान शुरु गरेको बताइन् । उनले पाठ्यक्रममा विज्ञान र गणित मात्रै नभएर समाजको आवश्यकतालाई पनि समावेश गरी सचेत गराउन आवश्यक रहेको बताइन् । उनले डिग्नेफाइट अफ मेन्सुरेशन र मेन्टल हेल्थमा पनि काम गर्न आवश्यक रहेको बताइन् ।

उनले लागुऔषध दुरुपयोगमा फसेकाहरुको अभिमुखिकरण गर्ने थेरापिष्टहरुलाई लाइसेन्सको व्यवस्था गर्न आवश्यक रहेको बताइन् । उनले नेपालमा अहिले थेरापिष्ट (काउन्सिलरहरु) को लागि लाइसेन्सको प्रावधान नभएको बताइन् । उनले लाइसेन्सको लागि नेपाल हेल्थ प्रोफेसनल काउन्सिलसँग मिलेर काम गरिरहेको पनि बताइन् । उनले लागुऔषध दुव्र्यसनिमा फसेकाहरुलाई सहयोग चाहिने भएपनि अहिलेसम्म लाइसेन्सको व्यवस्था नभएको बताइन् । उनले लाइसेन्सको व्यवस्था भए सहयोगी सेन्टरहरु धेरै हुनसक्ने बताइन् ।

उनले भनिन्, ‘नेपालमा अहिले थेरापिष्टहरुको लागि काउन्सिलरहरुको लागि लाइसेन्सको प्रावधान छैन । त्यसमा हामी नेपाल हेल्प प्रोफेसनल काउन्सिलसँग मिलेर काम गर्दैछौं । कसैलाई सहयोग चाहियो भने लाइसेन्स छैन । लाइसेन्स भयो भने सहयोगी सेन्टरहरु धेरै हुन्छ । हामीले प्रिभेन्सलमा कुरा गर्दा विद्यालयका पाठ्यक्रमहरुमा यस्ता कुराहरु समावेश नगरेको रहेछ । त्यही क्रममा समाजसँग पाठ्यक्रम भनेर मन्त्रालयले लन्च गरेको छ ।

विज्ञान,म्याथ मात्रै होइन । समाजको चाहनालाई समावेश गरेर डिग्नेफाइट अफ मेन्सुरेशनमा काम गर्नुछ । यसरी मेन्टल हेल्थमा पनि काम गर्नुछ । यसमा धेरै सटल सन्देशहरु हुन्छ । काम गरिरहेकाहरुलाई थाहा छ कसरी टेक कियर गर्न सकिन्छ । तपाईहरुले पाठ्यक्रममा सुझाव दिनुहोला । यसका विभिन्न पक्षहरुलाई समावेश गराैँ । त्यसलाई पाठ्यक्रममा समावेश गरौं । त्यसको लागि म सयोग गर्न तयार छु ।’

उनले लागुपदार्थ दुव्र्यसनीमा लाग्नबाट बालबालिका तथा युवाहरुलाई बचाउन सबैले सहयोग गर्न आवश्यक रहेको बताइन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend