logo

२०८१ असार १५ शनिबार

logo
  • शनिबार, १५ असार २०८१
  • दुग्ध किसानहरुले सरकारसँग भिख होइन पसिनाको मूल्य माग गरेका हुन् : सांसद बाँस्कोटा

    दुग्ध किसानहरुले सरकारसँग भिख होइन पसिनाको मूल्य माग गरेका हुन् : सांसद बाँस्कोटा

    96
    Shares
    दुग्ध किसानहरुले सरकारसँग भिख होइन पसिनाको मूल्य माग गरेका हुन् : सांसद बाँस्कोटा

    काठमाडौं । नेकपा एमालेका सांसद गोकुल बाँस्कोटाले दुग्ध किसानहरुले सरकारसँग भिख नभइ पसिनाको मूल्य माग गरेको बताएका छन् । बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद बास्कोटाले यस्तो बताएका हुन् ।

    उनले सरकारले दुग्ध किसानहरुको करिव एक वर्षदेखिको माग सम्बोधन गर्न नसकेको भन्दै दुग्ध किसानको ५ अर्ब बढीको रकम भुक्तानी तत्काल गर्न ध्यानाकर्षण गराए । उनले दुग्ध किसानहरुले न्याय पाउनको लागि अब सडक आन्दोलन नभएर फ्रान्सको जस्तो गरी ट्याक्टर,गाई भैँसी सडकमा छोड्नुपर्ने हो ? भन्दै प्रश्न गरे । उनले दुग्ध किसानहरुले सरकारसँग ५ अर्ब बढी रकम भुक्तानी नदिँदा किसानले नङ्ग्रा ख्याएको,पसिना बगाएर पनि घर चलाउन समेत रुवाउनुपर्ने अवस्थाको अन्त्य सरकारले गर्न आवश्यक रहेको बताए ।

    उनले वर्तमान सरकार दुग्ध लगायत अन्य किसानहरुलाई समेत रुवाएर आफू हासेर बस्न नसुहाउने बताए । उनले जनताको सरकार भएपछि जनताप्रति जवाफदेही हुनुपर्ने बताए । उनले अहिले पनि दुग्ध विकास संस्थाले १ अर्ब ५५ करोड भन्दा माथि भुक्तानी गर्न बाँकी रहेको बताए । उनले निजी क्षेत्र व्यापार र नाफामा मात्रै लिप्त हुँदा जवाफदेहिता नभएको बताए । उनले लम्पी स्किनलाई लिएर अर्बौंको क्षति हुँदा समेत किसानहरुले बीमाको रकम लगायत गाईको मूल्य नपाएको बताए । उनले सरकारले एउटै वडामा ६ करोड भन्दा बढी रकम तिर्न बाँकी रहेको भन्दै यसमा सरकारको दृष्टिकोण माग गरे ।

    उनले दुग्ध किसानका समस्या समाधानमा प्रधानमन्त्री,अर्थ र कृषि मन्त्रीबाट जवाफ माग गरे । उनले निजी क्षेत्र मुनाफा, व्यापार , आयात र कर छुट मात्रै पेश गर्ने भन्दा पनि उद्यमशिलतामा लगानी गर्ने आवश्यक रहेको बताए । उनले पाउडर दुध बाहिरबाट ल्याउने, दुग्धजन्य पदार्थ पनि बाहिरबाट ल्याउने नीति के हो ? भन्दै सरकारलाई प्रश्न गरे । उनले देशमा उत्पादन भएकाले वस्तु पुग्दा समेत बाहिरबाट आयात गर्नुपर्ने आवश्यकता नभएको बताए ।

    उनले दुग्ध विकास संस्थानमा ११ सय मेट्रिक टन धुलो दुग्ध, ८५० मेट्रिक टन मखन १ करोड ४५ लाख भन्दा बढीको मौज्दातमा बसेको बताए । उनले सरकार अनुदान पनि नदिने र दुग्ध विकास संस्थान सुधार गर्न नचाहेको आरोप लगाए । उनले सरकारले दुधको भुक्तानी नदिँदा किसानहरु मल, बीउ, जनजीवन धान्न र औषधिहरु किन्न पैसाको अभाव र पीडामा रहेको बताए । उनले जनता दुःखमा पर्दा सरकार रमिता हेरेर बस्न नमिल्ने बताए ।

    उनले दुग्ध विकास संस्थानको क्षमता विकास, स्टोरेज, वितरण प्रणाली, कर्मचारी नियुक्ति अधिक दरबन्दी मिलान गर्न आवश्यक रहेको बताए । उनले सरकारको नेपाल प्रहरी, नेपाल आर्मी जस्ता संस्थाहरुमा दुग्ध अनिवार्य रुपमा दुग्धजन्य पदार्थहरु जाने कुरा, चक्लेट उद्योगहरु सञ्चालन, धुलो दुग्ध उत्पादन गरी मुलुकभित्रका उद्योगलाई प्रवद्र्धन गर्ने विषयमा सरकारको ध्यान जानुपर्नेमा जोड दिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend