सोमबार, बैशाख २२ २०८२

सोमबार, बैशाख २२ २०८२

नयाँ संस्कृति नीतिमा समाजवादी संस्कृति विकासका कुरा आउनुपर्छ : मन्त्री तामाङ

नयाँ संस्कृति नीतिमा समाजवादी संस्कृति विकासका कुरा आउनुपर्छ : मन्त्री तामाङ

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले पुरानो संस्कृति नीतिले काम नगरेर नयाँ नीति ल्याउनुपरेको बताएका छन् । शुक्रबार सिंहदरबारस्थित मन्त्रालयमा संस्कृति नीति, २०८१ को मस्यौदा सम्बन्धमा अन्तरक्रिया तथा छलफल कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले पुरानोले काम नगरेर र अपुग भएर नयाँ नीति ल्याउन आवश्यक रहेको बताए । उनले पुरानो संस्कृति नीतिले अहिलेको सामाजिक व्यवस्थालाई सँगै लैजान असक्षम भएको बताए । उनले अहिलेको समाज, परिस्थिति, युग सुहाउँदो, संस्कृति नीति बनाउने सरकारको लक्ष्य रहेको बताए । उनले नयाँ नीतिमा पुरानो संस्कृति नीतिको आलोचना गर्नुपर्ने बताए ।

उनले पुरानो अवैज्ञानिक रहेको निस्कर्षमा पुगेको भएपनि नयाँ संस्कृति नीति कस्तो हुने भन्नेकुरा नयाँ संस्कृति नीतिको मस्यौदामा खुल्न नसकेको बताए । उनले वैज्ञानिक र समाजवादी संस्कृतिको विकास गर्ने कुरा नयाँ संस्कृति नीतिमा आउनुपर्ने बताए । अहिलेको संविधान आफैँमा समाजवादउन्मुख भएकाले संस्कृति नीतिमा समाजवादी संस्कृतिको विकास गर्ने कुरा आउनुपर्ने बताए ।

उनले भने, ‘पुरानोको समीक्षा गर्दा, पुरानोले काम नगरेर हामीले नयाँ बनाउँदैछौँ । पुरानो हाम्रो संस्कृति नीतिले काम नगरेर, त्यो अपुग भएर त्यसले अहिलेको सामाजिक व्यवस्थालाई गाइड गर्न असक्षम भएर हामीले नयाँ खालको अहिलेको समाज, अहिलेको परिस्थिति, अहिलेको युग सुहाउँदो, हामी संस्कृति नीति बनाउने हाम्रो उद्देश्य हो । त्यसकारणले अलिकति पुरानाको समीक्षामा जति आलोचनात्मक हुनुपर्ने थियो, त्यो आलोचनात्मक पाटो यहाँ हराएको छ । पुरानोको आलोचना गरेर पनि आउनुपर्छ ।

किनभने पुरानो बेठिक नै थियो । त्यो कुरामा त हामी सहमत छौँ नि । पुरानो बेठिक थियो, त्यही भएर हामी नयाँ नीति बनाउँदै छौँ । पुरानोको आलोचना अलिकति आउनुपर्छ । पुरानो अवैज्ञानिक थियो भन्नेकुरामा हामी पुगिसकेपछि हामीले हाम्रो नयाँ संस्कृति नीति कस्तो हुनुपर्ने भन्नेकुरामा केही कुरा खुलेन की भन्ने लागेको छ । सकिन्छ भने त वैज्ञानिक र समाजवादी संस्कृतिको विकास गर्ने कुरा आउनुपर्छ ।

त्यसो भन्दै गर्दा होइन वैज्ञानिक भन्नुपर्दैन भन्ने हो भनेपनि अहिलेको संविधानले समाजवादी त स्वीकार गरेको छ । अहिलेको संविधान आफैँमा समाजवादउन्मुख हो । हाम्रो उद्देश्यमा समाजवादी संस्कृतिको विकास गर्ने कुरा यहाँ खुलेर आउँदा हुन्छ ।’

मन्त्री तामाङले राज्यको सांस्कृतिक नीति संस्कृति मन्त्रालयसँग मात्रै सम्बन्धित नहुने भएकाले सबै सम्बन्धित मन्त्रालयहरुले एक आपसमा समन्वय गरेर काम अघि बढाउनुपर्ने बताए ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend