काठमाडाैं । मङ्गोलियाका राष्ट्रपति उख्ना खुरेलसुखले शुक्रवार उलानबाटोरमा भएको नियमित संसदीय निर्वाचनमा सक्रिय मतदाता सहभागिताको महत्त्वलाई जोड दिँदै मतदान गरेका छन् । संसद स्थापना गर्न सबैको प्रयास चाहिने भन्दै उनले संसदीय निर्वाचनमा मतदानलाई बेवास्ता नगर्न जरुरी रहेको बताए ।
स्थानीय समय अनुसार शुक्रवार बिहान ११ बजेर ४० मिनेटमा देशको संसद्को राज्य ग्रेट खुरलको निर्वाचनमा २० प्रतिशतभन्दा बढी मतदान भएको आम निर्वाचन आयोगले जनाएको छ । मङ्गोलियाली जनताले सन् १९९२ मा भएको पहिलो संसदीय निर्वाचनबाट आफ्नो नवौं संसदीय निर्वाचनमा भाग लिइरहेका छन् । राष्ट्रपतिले निर्वाचनमा अहिलेसम्म सबैभन्दा धेरै सहभागी दल, गठबन्धन र स्वतन्त्र उम्मेदवारहरू रहेको बताए ।
संसदीय निर्वाचनमा १२६ सिटका लागि १९ राजनीतिक दल र दुई गठबन्धनका १ हजार ३ सय ४१ उम्मेदवार र ४२ स्वतन्त्र उम्मेदवारले प्रतिस्पर्धा गरिरहेको जिईसीले जनाएको छ । आयोगका अनुसार ३५ लाख जनसङ्ख्या भएको मङ्गोलियामा यो वर्ष २० लाख ६३ हजार ९२४ मतदाता दर्ता भएका छन् ।
राष्ट्रिय राजधानी उलानबाटोर र देशका सबै २१ प्रान्तका नौ जिल्लाका २ हजार १९८ मतदान केन्द्रमा बिहान ७ बजेदेखि राति १० बजेसम्म मतदाताले आफ्नो मत हाल्न सक्नेछन् । निर्वाचन मिश्रित निर्वाचन प्रणाली अन्तर्गत हुने गरी ७८ जना सांसद बहुमतीय र ४८ जना समानुपातिक निर्वाचनबाट निर्वाचित हुने जिईसीले जनाएको छ । देशको संसद चार वर्षको कार्यकालमा एक सदनात्मक प्रणालीमा चल्छ ।