सोमबार, बैशाख २२ २०८२

सोमबार, बैशाख २२ २०८२

गायक रामकृष्ण ढकालको ‘मायाको घर’ सार्वजनिक

गायक रामकृष्ण ढकालको ‘मायाको घर’ सार्वजनिक

काठमाडौं । गायक रामकृष्ण ढकालको गीत ‘मायाको घर’ सार्वजनिक भएको छ । शुक्रबार काठमाडौंमा एक कार्यक्रमबीच गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो ।

गीतमा ढकालसँगै आर्या वाणीको स्वर रहेको छ । कार्यक्रममा बोल्दै गायक रामकृष्ण ढकालले आफ्ना पुराना गीतहरु सुन्दै आएका सर्जकका लागि नयाँ किसिमको रहेको बताए । उनले गीत आफूहरुको तर्फबाट उत्कृष्ट बनाएको भन्दै दर्शकबाट पनि धेरै रुचाइने विश्वास जनाए ।

उनले भने, यो गीतमा अलि नयाँ छ, मेरा पुराना गीत सुन्दै आउनुभएका र नयाँ गीत सुन्न चाहनेहरुका लागि यो गीत मन पर्छ भन्ने लाग्छ । हामीले आफ्नो हिसावले राम्रो गरेका छौँ । मुख्य कुरा दर्शकशहरुको हो ।’

गायक ढकालले दर्शकहरुको मायाकै कारण आज आफू रामकृष्ण ढकाल बनेको भन्दै अझै माया पाउने आशा व्यक्त गरे ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend