सोमबार, बैशाख २२ २०८२

सोमबार, बैशाख २२ २०८२

माओवादी केन्द्रलाई कांग्रेसको जवाफ : संविधान संशोधन अग्रगमनका लागि हुन्छ

माओवादी केन्द्रलाई कांग्रेसको जवाफ : संविधान संशोधन अग्रगमनका लागि हुन्छ

काठमाडौँ, १२ असार नेपाली काग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा लगानी सहजीकरण विधेयक सम्बन्धमा विज्ञहरुसँगको छलफलमा कार्यक्रमबारे जानकारी दिँदै प्रमुख सचेतक रमेश लेखक । तस्बिर ः रत्न श्रेष्ठ÷रासस

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संविधान संशोधन पश्चगमनका लागि नभइ अग्रगमनका लागि हुने बताएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

प्रमुख सचेतक लेखकले ठगी गर्नेहरुलाई संरक्षण गर्न सरकारका मुख्य निकायहरु खटाएर दुरुपयोग गरिएको बताए । उनले ठगी गर्ने मानिसलाई संरक्षण गर्न शक्तिशाली निकायको प्रयोग गरिएको बताए । उनले सरकारको बारेमा कुरा गर्दागर्दै अर्को सरकार बन्ने स्थिति देखापरेको बताए । उनले मुलुकमा राजनीतिक स्थिरता कायम हुन आवश्यक रहेको बताए ।

संविधानको उचित समीक्षा गरी समसामुहिक संशोधन गर्न आवश्यक रहेको बताए । मुलुकमा अब राजनीतिक स्थिरता, मुलुकका समस्या समाधान गर्ने सरकार बन्न आवश्यक रहेको उनले बताए । उनले संविधानको समसामुहिक संशोधन गर्न जरुरी रहेको बताए ।

उनले भने, ‘अहिले एउटा नयाँ प्रयोग हामीले ल्याएका छौँ । धेरै नयाँ त होइन पुरानो प्रयोग नै हो । मुलुकमा यस्तै, यहाँ एक जना वक्ता बोलिरहनुभएको छ, भाषण गरिरहनुभएको छ, भाषण सकिनु भन्दा पहिला अर्को सरकार बन्ने स्थिति छ । त्यो स्थिति अब यसपछि अघि नबढोस् । राजनीतिक स्थिरता कायम हुन सकोस् । मुलुकमा विकास र समृद्धिका विषय अघि बढुन् ।

राष्ट्रिय हित र स्वार्थको रक्षा हुन सकोस्, हामीले संविधान जारी गरेको आठ वर्ष भइसकेको छ । संविधानको उचित समीक्षा गरेर यो संविधानको अभ्यासमा देखएका जटिलताहरु, यसका सबल र दुर्बल पक्षहरुको समीक्षा गरेर संविधानको पनि समसामूहिक संशोधन हुन सकोस् । संविधानको समसामूहिक संशोधन भन्दा संशोधन गरेर समसामूहिक संशोधन भन्दा कतिपय कमरेडहरुलाई पश्चगमन लाग्छ । यो पश्चगमन होइन है । अग्रगमनका लागि गर्ने हो ।

हामीले संविधानको संशोधन गर्ने भनेको संघीय लोकतान्त्रिक गणतन्त्रतात्मक शासन व्यवस्था र समावेशिताको मुद्दालाई थप सुदृढ गर्न, थप उन्नत बनाउनका लागि हो । थप व्यवस्थित गर्नका लागि हो ।’

प्रमुख सचेतक लेखकले सहकारीका ठग जोगाउनका लागि राज्य सत्ताको दुरुपयोग गरिएको बताए ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend