logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • गौतम बुद्ध क्रिकेट रंगशाला बनाउने जिम्मा हिमालयन कालिञ्चोकलाई, ३० महिनामा सक्ने

    गौतम बुद्ध क्रिकेट रंगशाला बनाउने जिम्मा हिमालयन कालिञ्चोकलाई, ३० महिनामा सक्ने

    854
    Shares
    गौतम बुद्ध क्रिकेट रंगशाला बनाउने जिम्मा हिमालयन कालिञ्चोकलाई, ३० महिनामा सक्ने

    काठमाडौँ । गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि सम्झौता भएको छ ।

    भरतपुर महानगरपालिका र हिमालयन कालिञ्चोक बीबीआर जेभी निर्माण कम्पनीबीच ३० महिनाभित्र पहिलो चरणको काम सक्ने गरी सम्झौता भएको हो ।

    भरतपुर महानगरपलिका कार्यालयमा महानगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेल र निर्माण कम्पनीको तर्फबाट विकास गौतमले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

    सम्झौताअनुसार रंगशालाको काम २०८३ पुस २२ गतेभित्र सक्ने उल्लेख छ ।

    निर्माण कम्पनीले रंगशालामा मैदानसहित ५ वटा पिच, मैदानमा ड्रेनऐजसहित पछिल्लो प्रविधि अपनाएर मैदान निर्माण, २ वटा ३र३ तलाको टावर बनाउनुपर्ने छ ।

    सुरुमा रंगशाला निर्माण थालेको धुर्मस–सुन्तली फाण्डेशनले स्रोत जुटाउन नसकेपछि महानगरपालिकाले काम अघि बढाएको थियो ।

    सुरुमा महानगरपालिकाले निर्माण कम्पनीलाई पहिलो मोबिलाइजेशन पेश्कीका रुपमा ६ करोड ८० लाख रुपैयाँ दिने छ ।

    सम्झौता अनुसार पहिला ड्रेन मैदान प्याराफिट लगायतका काम हुने छ ।

    रंगशाला निर्माणका लागि आगामी आर्थिक वर्ष संघीय सरकारले २५ करोड र भरतपुर महानगरपालिकाले ४ करोड ८० लाख रुपैयाँ बजेट विनियोजन गरेका छन् ।

    यस्तै, बागमती प्रदेश सरकारले कुल ठेक्का रकमको ७० प्रतिशत रकम व्यहोर्ने निर्णय गरेको छ । रंगशालाका लागि बागमती प्रदेश सरकारले ५२ करोड ५० लाख रुपैयाँ दिने निर्णय गत माघ २३ गते नै गरेको थियो ।

    यो पनि : 

    गौतमबुद्ध क्रिकेट रंगशाला बनाउने जिम्मा हिमालयन कालिञ्चोक बीबीआरले पायो, ६८ करोडमा लाग्यो ठेक्का

    गौतमबुद्ध क्रिकेट रंगशाला निर्माणका लागि एक दर्जन कम्पनीको प्रस्ताव, कस्ले पाउला ठेक्का ?

    १ अर्ब २७ करोडमा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउन टेण्डर आह्वान

    गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला सरकारले निर्माण गर्ने

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend