
काठमाडौँ । अर्क्सग्रुप प्रा. लि. ले चीनकै उत्कृष्ट विश्वविख्यात मोटर निर्माता कम्पनी गोल्डेन ड्रयागनको १४ सिट क्षमताको विद्युतीय भ्यान नेपाली बजारमा ल्याएको छ।
अर्क्सग्रुपले १४ सिट क्षमताको विद्युतीय भ्यान मात्र ५७ लाख रुपैयाँमा बिक्री गर्ने जनाएको छ।
गोल्डेन ड्रयागनको १४ सिट क्षमताको भ्यानमा विश्वको सबैभन्दा ठुलो ईभी ब्याट्री उत्पादक सिएटिएलले उत्पादन गरेको ५३ किलोवाट आवर ब्याट्री प्याक रहेको छ।
एक पटकको फुल चार्जमा मा ३ सय किलोमिटर गुड्ने यो भ्यानमा ८० किलोवाट पिक पावरको मोटर जडान गरिएको छ।
हालसम्म विश्वका १२० भन्दा बढी देशमा गोल्डेन ड्रयागनका भ्यानहरू निर्यात भएको छ । नेपालका लागि आधिकारिक बिक्रेता आर्क्स ग्रुप उच्च गुणस्तर र भरपर्दो सेवाको प्रतिबद्धता सहित यी भ्यानहरू उपलब्ध गराउने जनाएको हो।
त्यस्तै, आर्क्स ग्रुपले गोल्डेन ड्रयागनले उत्पादन गरेको १६ सिट क्षमताको विद्युतीय माइक्रोबस पनि नेपाल ल्याउने प्रक्रिया सुरु गरेको छ।
गोल्डेन ड्रयागनको १६ सिट क्षमताको विद्युतीय माइक्रोबस केहि महिना भित्र नेपाल आइपुग्ने आर्क्स ग्रुपले जनाएको छ ।
यी भ्यानहरू लामो दुरी र छोटो दुरीका विभिन्न यातायात संचालक, ट्राभल एजेन्सी, ट्रेकिंग, अस्पताल, स्कुल, होटेल, कर्पोरेट कार्यालय लगायतका विभिन्न क्षेत्रका लागि अत्यन्तै उपयोगी र व्यवहारिक हुने बिश्वास गरिएको छ भने विद्युतबाट संचालन हुने हुँदा यो भ्यानहरु पर्यावरणमैत्री मात्र नभई, संचालन खर्चमा पनि कमि ल्याउनेछ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend