सोमबार, बैशाख २२ २०८२

सोमबार, बैशाख २२ २०८२

बिवाइडी गाडी बिक्रीमा उछाल आउँदा ११ महिनामा १० अर्ब व्यापार, एटो–३ र डल्फिनको रजगज

बिवाइडी गाडी बिक्रीमा उछाल आउँदा ११ महिनामा १० अर्ब व्यापार, एटो–३ र डल्फिनको रजगज

काठमाडौं । लोकप्रिय चिनियाँ ब्राण्ड बिवाइडी गाडीको बिक्रीमा उछाल आएको छ । विश्वको लिडिङ ग्लोबल विद्युतीय ब्रान्ड बिवाइडीको आधिकारिक बिक्रेता साइमन्स इंकले ११ महिनामा झण्डै १० अर्ब रुपैयाँको बिवाइडी गाडी बिक्री गरेको छ ।

गत वर्ष १ अर्ब ९१ करोड ३० लाख रुपैयाँको मात्र बिवाइडी गाडी बेचेको साइमेक्स इंकले यो वर्षको ११ महिनामै ९ अर्ब ९३ करोड ५० लाख रुपैयाँको बिवाइडी गाडी बेचेको सार्वजनिक गरिएको वित्तीय विवरणमा उल्लेख छ ।

रिलञ्चपछिको एटो–३ र डल्फिन नेपालमा अधिक रुचाइको विद्युतीय गाडीमा परेका छन् । कूल व्यापारमा एटो–३ र डल्फिन ब्राण्डको हिस्सा ९८ प्रतिशत छ । अन्य ब्राण्डको हिस्सा नगन्य रहेको साइमेक्सले जनाएको छ ।
बिवाइडी गाडीको व्यापार बढेपछि साइमेक्सको वित्तीय अवस्था पनि स्वस्थ बनेको छ । साइमेक्स इंकको अपरेटिङ प्रफिट मार्जिन ११.५ प्रतिशत रहेको छ ।

साइमेक्सले २०२२ मा ४४ करोड १० लाख र २०२१ मा ६ करोड ९० लाख रुपैयाँको गाडी बेचेको थियो । नेपालमा विद्युतीय गाडीको माग ह्वातै बढेपछि बिवाइडीको व्यापारमा उछाल आएको हो । साइमेक्सको बिजनेस बढ्दै गएको सार्वजनिक गरिएको वित्तीय विवरणमा उल्लेख छ । बिवाइडी नेपालमा सबैभन्दा बढी बिक्री हुने विद्युतीय गाडी बनेको छ ।

साइमेक्स इंक नेपालमा बिवाइडी ब्रान्डको प्यासेन्जर र व्यापारिक गाडी बिक्रेता हो । साइमेक्सले दुईटा आफ्नै शोरुम र १४ वटा क्षेत्रिय डिलरसीप आउटलेट रहेका छन् ।

साइमेक्समा यमुना श्रेष्ठको ५०.५ र अनिल श्रेष्ठको ४९.५ प्रतिशत स्वामित्व रहेको छ । कम्पनीले ३ अर्ब रुपैयाँ ऋणको रेटिङ पनि गराएको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend