आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

संविधानको धारा ७६ (२) अनुसार सरकार गठन प्रक्रिया अघि बढाउन राष्ट्रपतिलाई कानुनविद्ले दिए सुझाव

संविधानको धारा ७६ (२) अनुसार सरकार गठन प्रक्रिया अघि बढाउन राष्ट्रपतिलाई कानुनविद्ले दिए सुझाव

काठमाडौं । कानुनविद्हरूले संविधानको धारा ७६ (२) अनुसार नयाँ सरकार गठन प्रक्रिया अघि बढाउन राष्ट्रपति रामचन्द्र पौडेललाई सुझाव दिएका छन् ।

राष्ट्रपति पौडेलले बोलाएका कानुनविद्हरुले ७६ (२) को प्रक्रियामा जोड दिएका छन् । नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले संविधान राजनीतिक रूपमा पनि उपधारा २ अनुसारको प्रक्रियामा कानुनविदहरूको जोड दिएको बताए । कुनै दलले बहुमत जुटाउँछु भनी दाबीसहित प्रयास गर्दागर्दैै अर्को प्रक्रियामा जानु हुँदैन भन्ने सुझावको सार आएको उनको भनाई छ ।

राष्ट्रपति पौडेलले कानुनविद्हरू पूर्णमान शाक्य, विपिन अधिकारी, गोपालकृष्ण घिमिरे, हरिहर दाहाल, शेरबहादुर केसी, टिकाराम भट्टराई, चन्द्रकान्त ज्ञवाली र सीताराम केसीलाई शीतल निवास बोलाएका थिए ।

यो पनि :

राष्ट्रपतिबाट आह्वान लगत्तै ओलीलाई प्रधानमन्त्रीमा दाबी गर्ने कांग्रेस-एमालेको तयारी

प्रधानमन्त्री दाहाल पदमुक्त भएपछि परामर्श लिन राष्ट्रपति पौडेलले बोलाए कानुनविद्

प्रधानमन्त्री प्रचण्ड पदमुक्त, ओली र देउवालाई नयाँ सरकार गठनका लागि बाटो खुल्यो

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend