आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

केपी ओलीलाई प्रधानमन्त्री बनाउन देउवाले गरे हस्ताक्षर, राष्ट्रपतिको आह्वान पखाईमा

केपी ओलीलाई प्रधानमन्त्री बनाउन देउवाले गरे हस्ताक्षर, राष्ट्रपतिको आह्वान पखाईमा

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले हस्ताक्षर गरेका छन् । शुक्रबार नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बसेको बैठकमा प्रधानमन्त्रीमा ओलीको दाबीका लागि पत्र तयार पारेको हो ।

कांग्रेसका ८८ र एमालेका ७७ गरी १६५ सांसदको समर्थन लिएर ओलीले प्रधानमन्त्रीमा दाबी पेस गर्ने तयारीमा छन् । राष्ट्रपति रामचन्द्र पौडलबाट संविधानको धारा ७६ (२) अनुसार सरकार गठनका लागि आब्हान हुन साथ दाबी पेशको तयारी छ ।

प्रतिनिधि सभाले विश्वासको मत लिने प्रस्ताव बहुमतले अस्वीकृत गरेसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल पदमुक्त भएका छन् ।

कूल २ सय ७५ सदस्यीय प्रतिनिधि सभामा कुल २ सय ५८ सांसदको उपस्थिति रहेको थियो । प्रधानमन्त्री प्रचण्डको पक्षमा ६३ मत मात्र पर्‍यो । उनको विपक्षमा १९४ मत परेको छ । मत दिन्न भन्नेमा १ मत परेको थियो ।

यो पनि :

संविधानको धारा ७६ (२) अनुसार सरकार गठन प्रक्रिया अघि बढाउन राष्ट्रपतिलाई कानुनविद्ले दिए सुझाव

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend