logo

२०८१ असोज ५ शनिबार

logo
  • शनिबार, ५ असोज २०८१
  • प्रधानमन्त्री ओलीको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट दायर

    प्रधानमन्त्री ओलीको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट दायर

    1.5K
    Shares
    प्रधानमन्त्री ओलीको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट दायर

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । संविधानको धारा ७६(२) अनुसार प्रधानमन्त्रीको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको हो ।

    खगेन्द्र चापागाईँ, शैलेन्द्र गुप्ता र दीपक अधिकारीले प्रधानमन्त्री केपी शर्मा ओलीको नियुक्ति र शपथ बदरको माग गर्दै सोमबार सर्वोच्चमा रिट दायर गरेका हुन् ।

    रिट निवेदकले संविधानको धारा ७६ (३) अनुसार नयाँ नियुक्ति गर्न माग गरेका छन् । उक्त रिटको पेशी आगमी साउन ६ गते तोकिएको छ ।

    उपधारा ३ मा संसदको सबैभन्दा ठूलो दलको नेतालाई राष्ट्रपतिले नियुक्त गर्नुपर्ने उल्लेख छ।

    राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, संसद् सचिवालय र प्रतिनिधिसभालाई विपक्षी बनाएर रिट दर्ता भएको हो ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend