सोमबार, बैशाख २२ २०८२

सोमबार, बैशाख २२ २०८२

साँग्रिला होटल ग्रुपका संस्थापक श्यामबहादुर पाण्डेको निधन

साँग्रिला होटल ग्रुपका संस्थापक श्यामबहादुर पाण्डेको निधन

काठमाडौं। पर्यटन व्यवसायी तथा साँग्रिला होटल ग्रुपका संस्थापक अध्यक्ष श्यामबहादुर पाण्डेको ८८ वर्षको उमेरमा निधन भएको छ । पाण्डेको सोमबार ग्रान्डि अस्पतालमा उपचारको क्रममा बिहान निधन भएको हो ।

सांग्रिला होटल ग्रुपका संस्थापक अध्यक्ष पाण्डे होटल संघ नेपालका पूर्व अध्यक्ष पनि हुन् । स्वर्गीय पाण्डेका दुई छोरा प्रसिद्धबहादुर पाण्डे र प्रविणबहादुर पाण्डे र एक छोरी छन्।

लामो समयदेखि अस्वस्थ रहेका पाण्डेलाई केही दिन अगाडि ग्राण्डी अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । उपचारका क्रममा सोमबार बिहान निधन भएको हो। उनको पार्थिव शरीरलाई श्रद्धाञ्जलिका लागि आज १ बजेदेखि ३ बजेसम्म बसुन्धारा निवासमा राखिनेछ। त्यसपछि आजै ३ बजेपछि अन्त्येष्टिका लागि पशुपति आर्यघाट लगिने पारिवारिक स्रोतले जनायो ।

नेपालको पर्यटन क्षेत्रमा ठूलो योगदान दिएका पाण्डेले काठमाडौंसहित पोखरा र चितवनमा पनि पाँचतारे होटल स्थापना गरेर पर्यटकहरुलाई सेवा पुर्‍याइरहेका छन्। उनल राजधानीको लाजिम्पाटमा रहेको साँग्रिला होटलको पुनर्निमाण गरिरहेका छन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend