logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • काभा यु–२० खेलेर स्वदेश फर्किएपछि कप्तान जेनिसाले भनिन् – तयारी कम भएको अनुभव भयो

    काभा यु–२० खेलेर स्वदेश फर्किएपछि कप्तान जेनिसाले भनिन् – तयारी कम भएको अनुभव भयो

    364
    Shares
    काभा यु–२० खेलेर स्वदेश फर्किएपछि कप्तान जेनिसाले भनिन् – तयारी कम भएको अनुभव भयो

    काठमाडौं । काभा यु–२० महिला भलिबल च्याम्पियनसिपमा तेस्रो स्थान हासिल गरेको नेपाली टोली स्वदेश फर्किएको छ । भलिबल टोली बिहीवार दिउँसो नेपाल आएको हो ।

    मालेमा मंगलबार नेपालले घरेलु टोली माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गर्दै तेस्रो स्थान प्राप्त गरेको थियो । खेल नेपालले २५–१५, २५–१०, २५–१४ ले जितेको थियो ।

    सेमिफाइनलमा नेपाल किर्गिस्तानसँग ३–० को सेटमा पराजित भएको थियो । त्यसअघि लिग चरणमा श्रीलंकासँग ३–१ र किर्गिस्तानसँग ३–० सेटको हार व्यहोरेको नेपालले माल्दिभ्सलाई ३–० को सेटमा हराएको थियो ।

    यु–२० महिला भलिबल टिमकी कप्तान जेनिसा विश्वकर्माले प्रतियोगिता आफ्नो तर्फबाट राम्रो भएको बताइन् । नेपालले उपाधि जितोस् भनने चाहना भएपनि आफूहरुले राम्रो खेल खलेको बताइन् । विपक्षी टिम राम्रो रहेको र नेपालको तयारी कम भएको अनुभव भएको बताइन् ।

    चार देशसम्मिलित प्रतियोगितामा किर्गिस्तान च्याम्पियन बनेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend