logo

२०८१ माघ २१ सोमबार

logo
  • सोमबार, २१ माघ २०८१
  • राष्ट्रिय बीमा कम्पनीले बोनस सेयर दिएर यसै वर्ष चुक्ता पुँजी पुर्‍याउने

    राष्ट्रिय बीमा कम्पनीले बोनस सेयर दिएर यसै वर्ष चुक्ता पुँजी पुर्‍याउने

    12.9K
    Shares
    राष्ट्रिय बीमा कम्पनीले बोनस सेयर दिएर यसै वर्ष चुक्ता पुँजी पुर्‍याउने

    काठमाडौं । सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनी लिमिटेड (आरबिसियल) ले यसै आर्थिक वर्षभित्र नियामक नेपाल बीमा प्राधिकरणले तोकेको न्यूनतम पुँजी पुर्याउने कार्ययोजना ल्याएको छ ।

    अर्थ मन्त्रालयले रोकिएका सबै साधरणसभा सम्पन्न गरेर नियमित गर्न ताकेता गरेपछि आरबिसिएलले आर्थिक बर्ष २०७३/०७४ देखि २०८०/०८१ सम्मका साधारणसभा यसै आर्थिक वर्षभित्र सम्पन्न गर्नका लागि कम्पनीले कार्ययोजना अघि सारेको हो ।

    अघिल्लो कार्यकालमा २०८० वैशाखसम्म सबै साधारणसभा गरेर कम्पनीलाई नियमित गर्न निर्देशन दिएका अर्थमन्त्री बिष्णु पौडेल फेरी अर्थमन्त्री भएपछि कम्पनीको कार्यप्रगतिको विषयमा चासो राखेका कारण कम्पनीले रोकिएका सबै साधारणसभा यसै आर्थिक वर्ष भित्र सक्नका लागि प्रक्रिया अघि बढाइएको जनाएको छ । कम्पनीले अर्थ मन्त्रालयमा बुझाउन तयार बनाएको कार्ययोजनामा अन्य नियामक निकायले सहयोग गरेमा यसै आर्थिक वर्षभित्र सबै साधरणसभा गर्न सकिने उल्लेख गरेको छ ।

    कम्पनीले समयमै साधारणसभा गर्न नसक्दा व्यापारसमेत गुमाएको छ । यस विषयमा समेत अर्थमन्त्री पौडेलले चासो राखेपछि नियामक बिमा प्राधिकरण र महालेखा परिक्षकको कार्यालयले पनि यस कम्पनीका रोकिएका सबै अडिट रिपोर्ट समयमै सम्पन्न गर्न अहिले सहयोग गर्ने वचनबद्धता जनाएको कम्पनीले जनाएको छ ।

    आर्थिक बर्ष २०७३/०७४, २०७४/०७५ र २०७५/०७६ सम्म गरी तीन वर्षको साधारणसभा यही दशैं अघिनै गर्ने योजना स्वरुप कम्पनीले आर्थिक बर्ष २०७३/०७४ र २०७४/०७५ अडिट रिपोर्ट तयारगरी प्राधिकरणमा पेश गरिसकेको छ । कम्पनीले आर्थिक बर्ष २०७५/०७६ को अडिट रिपोर्ट दुई तीन हप्तामै तयार हुने अवस्थामा रहेको जनाएको छ ।

    प्राधिकरणले तोकेको साढे २ अर्ब रुपैयाँ पुँजी पुर्याउन कम्पनीले बोनस सेयर वितरणबाटै पुँजी पुर्याउने कार्ययोजना समेत कम्पनीले अघि सारेको छ । आर्थिक बर्ष २०६८/०६९ देखिनै नाफा वितरण नगरेर संचित गरेको यस कम्पनीले आर्थिक बर्ष २०७३/०७४, २०७४/०७५ र २०७५/०७६ सम्म गरी करिव २५० प्रतिशत बोनस शेयर वितरण गर्न सक्ने जनाएको छ ।

    कम्पनीले आर्थिक बर्ष २०६८/०७९ देखि २०७२/०७३ को संचित मुनाफाबाट १ सय २० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गत असार अघिनै गरिसकेको भए पनि नाफाको प्रस्तावविनै गत असारमा तीन बर्षको साधारणसभा एकैपटक गरेको थियो ।

    उक्त तीन बर्षको संचित नाफाबाट बोनस शेयर बितरण गर्दा प्राधिकरणले तोकेको पुँजी नपुग्ने भएपछि उक्त तीन बर्षको नाफा वितरण नगरी संचित गरेर आर्थिक बर्ष २०७५/०७६ सम्म थप तीन बर्षको साधारणसभा गरेर ६ बर्षको संचित नाफाबाट तोेकेको पुँजी पुर्याउने योजनामा कम्पनी रहेको छ ।

    आर्थिक बर्ष २०७५/०७६ सम्मको ६ बर्षको संचित नाफाबाट बोनस शेयर बितरण गर्दा प्राधिकरणले तोकेको पुँजी नपुगे राईट शेयर जारी गरेर पुँजी पुराउने कार्ययोजना समेत कम्पनीले अघि सारेको छ । आर्थिक बर्ष २०७५/०७६ देखि आर्थिक बर्ष २०८०/०८१ सम्म पनि कम्पनीले झण्डै दुई सय प्रतिशत नाफा वितरण गर्न सक्ने हैसियत राख्दछ ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend