सोमबार, बैशाख २२ २०८२

सोमबार, बैशाख २२ २०८२

मुगुमा बाल विवाहको स्थिति : बाल विवाहले निम्त्याउने समस्या

मुगुमा बाल विवाहको स्थिति : बाल विवाहले निम्त्याउने समस्या

सनत हमाल/मुगु । मुगुमा बाल विवाहको स्थिति कहालि लाग्दो अवस्थामा छ । नेपालमा बाल विवाह एउटा गम्भीर समस्या हो ।

कानूनी रूपमा सरकारले विवाहको न्यूनतम उमेर तोकिएको छ । तर ग्रामीण क्षेत्रमा अझै पनि बाल विवाह व्यापक रूपमा प्रचलित छ । यसका कारणहरूमा गरिबी, शिक्षा को कमी, सांस्कृतिक परम्परा, र लैङ्गिक भेदभाव समावेश छन् ।

सरकारले बाल विवाह उन्मूलन गर्न कानुन मात्र बनाएको छैन । सचेतनाका कार्यक्रम पनि सञ्चालन गर्दै आएको छ । तर मुगुमा कानुन कार्यान्वयन हुन सकेको छैन । त्यति मात्र होइन, सानै उमेरमा बच्चा जन्माउनेहरू पनि उत्तिकै छन् । बच्चा जन्माउनेमध्ये २५ प्रतिशतभन्दा बढी त १५ देखि १९ वर्षसम्मका किशोरी छन् । यसले मुगुमा बाल बिवाहको कहालि लाग्दो स्थिति कायमै रहेको प्रस्ट हुन्छ ।

गमगढी स्थित जिल्ला अस्पताल मुगुकै सबैभन्दा ठुलो सरकारी अस्पताल हो । यो अस्पतालमा गत आर्थिक वर्ष २०८०–०८१ को तथ्याङ्क अनुसार २५६ जना महिलाले बच्चा जन्माए । जसमध्ये ७४ जना २० वर्ष मुनिका किशोरी रहेको जिल्ला अस्पताल मुगुका सुचना अधिकारी पर्शुराम नेपालीले बताए ।

यस्तै जिल्लाकै चार वटा पालिका छन् जसमा छायानाथ रारा नगर पालिकाका अनुसार गत आर्थिक वर्ष २०८०–०८१ को तथ्याङ्क अनुसार १७२ जना महिलाले बिभिन्न स्वास्थ्य संस्था तथा बर्थिङ सेन्टरबाट बच्चा जन्माए । जसमध्ये ३१ जना २० वर्ष मुनिका किशोरी छन् ।

यस्तै सोरु गाउँपालिकाका अनुसार गत आर्थिक वर्षको तथ्याङ्क अनुसार १८९ जना महिलाले विभिन्न स्वास्थ्य संस्था तथा बर्थिङ सेन्टरबाट बच्चा जन्माए । जसमध्ये ३९ जना २० वर्ष मुनिका किशोरी छन् । यस्तै खत्याड गाउँपालिकाका अनुसार गत आर्थिक वर्षको तथ्याङ्क अनुसार २८३ जना महिलाले विभिन्न स्वास्थ्य संस्था तथा बर्थिङ सेन्टरबाट बच्चा जन्माए । जसमध्ये ६० जना २० वर्ष मुनिका किशोरी छन् ।

यस्तै मुगुमा कार्मारोङ गाउँपालिकाका अनुसार गत आर्थिक वर्षको तथ्याङ्क अनुसार ७७ जना महिलाले बिभिन्न स्वास्थ्य संस्था तथा बर्थिङ सेन्टरबाट बच्चा जन्माए ।

जसमध्ये १४ जना २० वर्ष मुनिका किशोरी छन् । यो तथ्याङ्क हेर्ने हो भने जिल्ला भरिनै कुल सुत्केरी संख्याको २५ प्रतिशत महिला २० बर्ष मुनिमै आमा बनेको देखाउँछ । यो आर्थिक वर्षमा मात्रै जिल्लामै बिभिन्न ठाउँहरुमा सुरक्षित गर्वपतन सेवा लिनेमध्ये अधिकांश २० वर्ष मुनिका किशोरी हुन् ।

यो तथ्यांकले बाल विवाह न्यूनीकरणका लागि ‘विहेबारी–२० वर्ष पारी’ भन्ने अभियान नै सञ्चालन गरेको सरकारलाई गिज्याइरहेको छ । तथ्यांकका आधारमा हेर्दा कलिलो उमेरमा आमा बन्ने सबैभन्दा धेरै खत्याड गाउपालिकामा छ भने कम मुगुम कार्मारोङ गाउँपालिकामा रहेको देखाउँछ।

तथ्यांकका आधारमा मात्र बाल विवाहको अवस्था यो छ भने तथ्यांक बाहिर अझै कहालि लाग्दो अवस्थामा छ । शिक्षा र चेतनाको अभावमा कलिलो उमेरमै बच्चा जन्माउनु पर्ने बाध्यता किशोरीमा छ । यहि कारण किशोरी र शिशुको ज्यानसमेत जोखिममा परेको छ ।

“बाल विवाहले निमत्याउने समस्या”

बाल विवाहले विभिन्न सामाजिक, आर्थिक, र स्वास्थ्य सम्बन्धी समस्याहरू निम्त्याउँछ । जसमा शारीरिक स्वास्थ्यमा असर किशोरीहरूको शरीर अझै पूर्ण रूपमा विकसित नभएको हुनाले, बाल विवाहपछि गर्भावस्था र प्रसवको क्रममा जटिलताहरू उत्पन्न हुने सम्भावना बढी हुन्छ ।

शैक्षिक अवसरको कमी बाल विवाहपछि बालिकाहरूको शिक्षा अवरुद्ध हुन्छ । जसले गर्दा उनीहरूको भविष्यमा रोजगारीका अवसरहरू पनि कम हुन्छन् । आर्थिक समस्या शिक्षाको कमी र बाल्यकालमै परिवारको जिम्मेवारीले बाल विवाह गर्ने बालबालिकाहरूले आर्थिक रूपमा आत्मनिर्भर बन्न सक्दैनन् ।

मानसिक स्वास्थ्यमा असर किशोरीहरूको मानसिक विकास पनि अवरुद्ध हुन्छ । र उनीहरूमा तनाव, चिन्ता, र अवसादको समस्या देखिन सक्छ । बाल अधिकार हनन् बाल विवाह बालबालिकाको स्वतन्त्रता र निर्णय गर्ने अधिकार हनन् हो । यसले बालबालिकाको व्यक्तिगत विकास र स्वतन्त्रताको अवसरलाई सीमित गर्छ । बाल विवाहको अन्त्यका लागि सामाजिक सचेतना, शिक्षा र कानूनी कार्यान्वयनको आवश्यकता पर्दछ ।

कानुनअनुसार २० वर्षमुनिका बालबालिकाको विवाह गराउनेलाई तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवानाका साथै विवाह पनि स्वतः बदर हुन्छ । तर मुगुमा भने कानुन कार्यन्वयननै फितलो बनेको छ ।

मुगुमा बाल विवाह लगायत विभिन्न क्षेत्रमा लामो समयदेखि काम गर्दै आएको कर्णाली ग्रामीण उत्थान तथा समाज बिकास केन्द्र (सिडिएस पार्क) ले विभिन्न कार्यक्रमहरु मार्फत बाल विवाह न्यूनीकरणका लागि बिद्यालयमा बाल बालिकाको शैक्षिक स्तर वृद्धि गर्न शैक्षिक सामाग्री वितरण २० वर्ष पुगी विवाह नगरेका किशोरीहरुलाइ सम्मान आर्थिक अवस्था कम भएर बालविवाह गर्ने घरपरिवारलाइ केही आर्थिक सहयोग गरि घुम्ती कोष सञ्चालन गरि घरपरिवारलाई बाख्रा, कुखुरा, खरायो बितरण गरिएको बाल विवाह रोक्न मद्धत पुर्याउने, बाल विवाहले गर्दा स्वास्थमा, समुदाएमा र घर परिवारमा पर्ने असर तथा प्रभान बारेमा जानकारी गराइ बाल विवाह गरेपछि कानुनी कारवाही बारेमा सचेतना तथा वकालत गर्ने गरेको र विभिन्न सञ्चार माध्याम तथा रेडियो मार्फत जिङ्गल र बाल विवाहले पार्ने असरलाइ सडक नाटक मार्फत समुदाय र बिधालयलाई सचेतना गराएको सिडिएस पार्कका कार्यकारी निर्देशक अज बहादुर शाहीले बताए ।

यस्तै बाल विवाह न्यनिकरण सम्बन्धि कार्यक्रममा स्थानिय सरकार, प्रदेश सरकार, संघ सरकार र सबै स्थानीयबासिहरु दत्तचित्तका साथ सहयोगमा जुटे बाल विवाह रोक्नेमा मदत पुग्ने शाहीले बताए ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend