आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

महिला भलिबल : नेपालले श्रीलङ्कालाई हरायो

महिला भलिबल : नेपालले श्रीलङ्कालाई हरायो

काठमाडौँ । आजदेखि सुरु भएको काभा महिला भलिबल नेसन्स लिग प्रतियोगितामा नेपालले श्रीलङ्कालाई पराजित गर्दै प्रतियोगितामा सुखद सुरुआत गरेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भर्खरै संलग्न खेलमा नेपालले श्रीलङ्कालाई ३–० को सोझो सेटमा पराजित गरेको हो ।

नेपालले श्रीलङ्कामाथि पहिलो सेट २५–१९, दोस्रो सेट २५–१८ र तेस्रो सेट २५–१९ ले पाखा लगाउँदै विजयी भयो । सोही प्रतियोगिताअन्तर्गत आजै हुने अर्को खेलमा इरान र भारतबीच प्रतिस्पर्धा हुनेछ । उक्त खेल साँझ ५ः४५ बजेदेखि सुरु हुनेछ ।

यस जितसँगै नेपालले तीन अङ्क जोडेको छ । अब नेपालले आफ्नो दोस्रो खेल शनिबार भारतसँग खेल्नेछ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend