logo

२०८१ असोज ५ शनिबार

logo
  • शनिबार, ५ असोज २०८१
  • ‘सिधा कुरा’विरुद्धको अवहेलना मुद्दामा भदौ ६ गते फैसला हुने

    ‘सिधा कुरा’विरुद्धको अवहेलना मुद्दामा भदौ ६ गते फैसला हुने

    455
    Shares
    ‘सिधा कुरा’विरुद्धको अवहेलना मुद्दामा भदौ ६ गते फैसला हुने

    काठमाडौं । ‘सिधा कुरा’ मिडियाविरुद्धको अदालतको अवहेलना मुद्दामा फैसलाको मिति तोकिएको छ । सीधाकुरा डटकमविरुद्धको अदालतको अवहेलना मुद्दामा सर्वोच्च अदालतले ६ भदौमा फैसला सुनाउने भएको हो ।

    बिहीबार प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरु प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाश कुमार ढुंगाना, हरिप्रसाद फुयाल, नहकुल सुवेदी, विनोद शर्मा, महेश शर्मा पौडेल र बालकृष्ण ढकालको इजलासले ६ भदौमा फैसला सुनाउने आदेश गरेको हो ।

    सर्वोच्च अदालतका प्रधानन्यायाधीशको नेतृत्वमा गठित ९ सदस्यीय बृहत्‌पूर्ण इजलासले १५ दिनभित्र बहस नोट पेस गर्न आदेश जारी गर्दै फैसलाको मिति तोकेको हो ।

    ‘सिधा कुरा’ले ‘द डार्क फाइल’ नाम दिएर प्रसारण गरेको सामग्रीमा सर्वोच्च अदालतका न्यायाधीशसमेत संलग्न भएर भ्रष्टाचारका मुद्दा खारेज गर्ने सेटिङ गरेको दाबी गरिएको थियो । तर, प्रसारित सामग्रीमा प्रयोग भएको अडियो फरेन्सिक परीक्षणबाट फेक प्रमाणित भइसकेको छ ।

    सिधा कुराविरुद्ध सर्वोच्च अदालतका उपरजिस्ट्रार गोविन्द घिमिरेले अदालतको अवहेला भएको दाबीसहित रिट दायर गरेका थिए ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend