काठमाडौं । नेपालले बिहीबार श्रीलंकालाई सहजै हराउँदै घरेलु मैदानमा शुरु भएको काभा महिला भलिबल नेसन्स लिगमा सुखद् शुरुवात गरेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) नेपालले पाहुना टोली श्रीलंकामाथि ३–० को सोझो सेटमा निकाल्दै घरेलु मैदानमा शुरु भएको प्रतियोगितामा सुखद् शुरुवात गरेको हो । शुरुवातमा श्रीलंकाले घरेलु टोलीमाथि खासै राम्रो प्रदर्शन सकेन ।
नेपालले पहिलो दुई सेट सहजै आफ्नो बनायो । नेपालले पहिलो सेट २५–१९ र दोस्रो सेट २५–१८ ले आफ्नो बनाउँदै सहजै खेल आफ्नो बनाउने संकेत गर्यो । तेस्रो सेटमा भने नेपाल शुरुदेखि नै दबाबमा पर्यो । पाहुना टोलीले आफ्नो तिब्र गतिको खेलमा फाइदा लियो ।
तस्बिरहरु :