आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

नेपालले जित्यो काभा बिच भलिबल च्याम्पियनसिपको उपाधि

नेपालले जित्यो काभा बिच भलिबल च्याम्पियनसिपको उपाधि

काठमाडौं । नेपाली महिला टोली काभा बिच भलिबल च्याम्पियनसिपको (सेन्ट्रल एसियन भलिबल एसोसिएसन) च्याम्पियन बनेको छ । भुटानको राजधानी थिम्पुमा भएको फाइनल स्पर्धामा उज्वेकिस्तानलाई २–० को सोझो सेटमा हराउँदै नेपालले उपाधी जितेको हो ।

प्रतियोगिताको फाइनलमा नेपालका कमला पुन र मनीषा चौधरीको जोडीले उज्वेकिस्तान ए टिमलाई २–० को सेटमा पराजित गरेको हो ।

नेपाली महिला टोलीले पहिलोपटक काभाको स्वर्णपदक जितेको हो । नेपाली महिला टोलीका सदस्य पुन र चौधरीको जोडीले उज्वेकिस्तानको टोलीलाई २१–१७ र २१–१४ को सोझो सेटमा पराजित गर्‍यो ।

यसअघि बंगलादेशमा भएको एभिसी बिच भलिबलमा कमल पुन र कोपिला उप्रेतीको जोडीले रजत जितेको थियो ।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend