सोमबार, बैशाख २२ २०८२

सोमबार, बैशाख २२ २०८२

बैंकहरुको नाफा साढे १० प्रतिशत बढ्यो, प्रभुले छलाङ मार्दा कुनको कति ?

बैंकहरुको नाफा साढे १० प्रतिशत बढ्यो, प्रभुले छलाङ मार्दा कुनको कति ?

काठमाडौं । आर्थिक मन्दीका बीचमा पनि वाणिज्य बैंकहरुको खुदनाफा १३.४० प्रतिशत बढेको छ । गत आर्थिक वर्षमा २० वाणिज्य बैंकहरुले ६४ अर्ब १५ करोड ३० लाख रुपैयाँ खुद नाफा गरेका छन् ।

यस्तै अघिल्लो आर्थिक वर्षमा वाणिज्य बैंकहरुले ५६ अर्ब ५७ करोड ४४ लाख रुपैयाँ खुदनाफा गरेका थिए । एक वर्षको बीचमा बैंकहरुको खुदनाफा ७ अर्ब ५७ करोड ८६ लाख रुपैयाँ बढेको सोमबार सार्वजनिक गरिएको वित्तीय विवरणमा उल्लेख छ ।

गत वर्ष सबैभन्दा धेरै खुदनाफा गर्नेमा नबिल बैंक रहेको छ । नबिलले ७ अर्ब ६ करोड रुपैयाँ बराबरको खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो वर्षको तुलनामा १०.२३ प्रतिशत बढी हो ।

त्यस्तै, दोस्रो स्थानमा ग्लोबल आइएमईले ६ अर्ब १ करोड खुदनाफा गरेको छ । ग्लोबल आइएमईको खुदनाफा भने १०.१३ प्रतिशत घटेको छ ।

तेस्रो स्थानमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक रहेको छ । नेपाल इन्भेस्टमेन्टको खुदनाफा ५ अर्ब १९ करोड, चौथोमा प्रभु बैंकले ४ अर्ब ४८ करोड, प्राइम बैंकले ३ अर्ब ७७ करोड र एभरेष्ट बैंकले ३ अर्ब ७० करोड नाफा गरेको सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ ।

प्रभु बैंकको खुदनाफामा उछाल आएको छ । गत आर्थिक वर्षमा प्रभु बैंकको खुदनाफा १५ सय प्रतिशले बढेको छ ।

यता कुमारी बैंकको ३ सय ४५ प्रतिशत बढेर २ अर्ब ३० करोड ८२ लाख रुपैयाँ पुगेको छ । प्राइमको २ सय ६७ प्रतिशत बढेर ३ अर्ब ७७ करोड ४३ लाख रुपैयाँ पुगेको छ ।

कृषि विकास बैंकको १ सय ७६, हिमालयन बैंकको ८१ प्रतिशत नाफा बढेको सार्वजनिक गरिएको वित्तीय विवरणमा उल्लेख छ ।

१० वटा बैंकको नाफा बढेको छ भने बाँकीको घटेको छ । सबैभन्दा कम नाफा गर्नेमा माछापुच्छ्रे बैंक परेको छ । यसले जम्मा १ अर्ब २५ करोड रुपैयाँ मात्र नाफा गरेको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

बंैकहरुले समग्रमा नाफा बढेको वित्तीय प्रतिवेदन सार्वजनिक गरेका छन् । अधिकांश बैंकको निष्क्रिय कर्जा अनुपात घटेको हुँदा नाफामा सुधार आएको हो । सो सँगै खुद ब्याज आम्दानीमा पनि सुधार देखिएको छ ।

कुनै बैंकको कति ?

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend