आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

सुनको मूल्यमा नयाँ रेकर्ड, पुग्यो प्रतितोला डेढ लाख

सुनको मूल्यमा नयाँ रेकर्ड, पुग्यो प्रतितोला डेढ लाख

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले सोमबार नयाँ रेकर्ड कायम राखेको छ ।

सोमबार नयाँ रेकर्ड कामय राख्दै हालसम्मकै उच्च १ लाख ५० हजार रुपैयाँ पुगेको हो । अघिल्लो साताको शुक्रबार १ लाख ४९ हजार ९ सय रुपैयाँको रेकर्ड बनाएको छापावाला सुनको मूल्यले सोमबार सो रेकर्ड तोडेको हो ।

सोमबार सुन प्रतितोला १ लाख ५० हजार रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाकारी दिएको छ ।

अघिल्लो दिन आइतबार भने सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेर थियो । दुई सय रुपैयाँले झर्दै छापावाला सुनको मूल्य १ लाख ४९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

तर आज सोमबार तोलामा ३ सय रुपैयाँले बढेर प्रतितोला एक लाख ५० हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजाबी सुनको मूल्य पनि आज तोलामा ३ सय रुपैयाँले नै बढ्दै १ लाख ४९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी प्रतितोला १ हजार ७ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यो पनि : 

विश्व बजारमा सुनको मूल्यले राख्यो नयाँ रेकर्ड, पहिलो पटक प्रतिऔंस २५ सय डलर नाघ्यो

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend