logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • ठगी गर्ने शेयर कारोबारमा संलग्न कम्पनीमाथि सरकारले तत्काल छानविन गर्नुपर्छ : सांसद सिंह

    ठगी गर्ने शेयर कारोबारमा संलग्न कम्पनीमाथि सरकारले तत्काल छानविन गर्नुपर्छ : सांसद सिंह

    427
    Shares
    ठगी गर्ने शेयर कारोबारमा संलग्न कम्पनीमाथि सरकारले तत्काल छानविन गर्नुपर्छ : सांसद सिंह

    काठमाडौं । प्रतिनिधि सभाका सांसद डा. अमरेशकुमार सिंहले आम जनतामाथि ठगी गर्ने सेयर कारोबारमा संलग्न कम्पनीहरुमाथि छानविन गर्न सरकारसँग माग गरेका छन् । सोमबार प्रतिनिधि सभा बैठकमा बिना आधार शेयर बजार उकालो लागेको देखाएर आम जनतालाई ठगी गर्ने धन्दामा लागेका कम्पनीमाथि कडा निगरानी राख्न र उनीहरुमाथि छानविन गर्नका लागि सरकारले एउटा समिति गठन गर्नुपर्ने उनको भनाई थियो ।

    सांसद सिंहले आम जनतालाई गुमराहमा राख्ने कुनैपनि सेयर कारोबारमा संलग्न कम्पनीहरुमाथि नियमनकारी निकायहरुले पनि कडा निगरानी राख्नुपर्ने बताए ।

    उनले भने, ‘म नेपाल सरकार र अर्थ मन्त्रालयको ध्यानाकर्षण गराउन चाहन्छु–गरिव जनतामाथि ठगी गरेर शेयर बजारमा कृत्रिम ढंगले अघि बढाएर आम जनतालाई ठग्ने काम बन्द होस । सरकारले यसलाई रेगुलेट गरोस् । छानविन समिति बनाएर त्यस्ता कृतिम ढंगले सेयर कारोबार गर्ने कम्पनीहरु छ, कसले जनतालाई गुमराहमा पार्ने काम गरेको छ ? तिनीहरुलाई कारबाहीको लागि छानविन समिति गठन गर्न सरकारसँग माग गर्दछु ।’

    शेयर बजारमा कृतिम ढंगले काम गर्ने कुनैपनि कम्पनीलाई सरकारले कारबाहीको दायरामा तत्काल ल्याउनुपर्ने सांसद सिंहले बताए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend