आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

काभा भलिबलमा नेपाल पराजित भएपछि ओलीले भने – एक पटकको हार सधैंको हार होइन्, हामी जित्ने छौँ

काभा भलिबलमा नेपाल पराजित भएपछि ओलीले भने – एक पटकको हार सधैंको हार होइन्, हामी जित्ने छौँ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काभा वुमन्स नेसन्स लिग भलिबलमा पराजित भएको नेपाली टिमलाई सान्तवना दिएका छन् । ओलीले सामाजिक सञ्जालमार्फत नेपाली टिमलाई सान्तवना दिएका हुन् ।

बुधबार त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा भएको फाइनल खेलमा नेपाललाई तीन, दुई सेटले पराजित गर्दै भारतले उपाधि जितेको हो ।

एक पटकको हार सधैंको हार नहुने भन्दै ओलीले भनेका छन्, ‘हामी जित्ने छौँ ।’

उनले भनेका छन्, ‘त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा जारी खेलमा पाचौं सेटमा भारतले १५–५ ले जित निकाल्यो । मन्त्रिपरिषदको आकस्मिक बैठकका कारण आज भएको काभा वुमन्स नेसन्स लिग भलिबल प्रतियोगिताको फाइनल हेर्न जान पाइनँ। तेस्रो चरणदेखि मात्र खेलको लाईभ हेरेँ। नेपाली टोलीको उत्कृष्ट प्रदर्शन हुँदाहुँदै पनि हामीले जित्न सकेनौं। तीन नम्बर जर्सी लगाएकी सरस्वती चौधरीको प्रदर्शन उत्कृष्ट लाग्यो। एक पटकको हार सधैंको हार होइन, हामी जित्ने छौँ। धन्यवाद नेपाली टिम !’

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend