logo

२०८१ असोज ३ बिहिबार

logo
  • बिहिबार, ३ असोज २०८१
  • एभरेस्ट महिला भलिबल लिगमा ६ फ्रेन्चाइज हुने

    एभरेस्ट महिला भलिबल लिगमा ६ फ्रेन्चाइज हुने

    903
    Shares
    एभरेस्ट महिला भलिबल लिगमा ६ फ्रेन्चाइज हुने

    काठमाडौं । एभरेस्ट महिला भलिबल लिग (इडब्लुभिएल) को पहिलो सिजनमा ६ वटा फ्रेन्चाइज टोलीले प्रतिष्पर्धा गर्ने भएका छन् ।

    इन्फिनिटी ड्रिम्स प्रालिको आयोजनामा नेपालमा पहिलोपटक भलिबलको फ्रेन्चाइज लिग हुन लागेको हो । क्रिकेट र फुटबलपछि फ्रेन्चाइज लिग गर्ने नेपालको राष्ट्रिउ खेल भलिबल बनेको छ ।

    इन्फिनिटी ड्रिम्स प्रालीले बिहीवार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गर्दै पहिलोपटक हुन लागेको फ्रेन्चाइज लिगकोबारे जानकारी दिएको हो ।

    पहिलो सिजनको फ्रेन्चाइज लिगमा टिम काठमाडौं, टिम ललितपुर, टिम मधेस, टिम गण्डकी, टिम चितवन र टिम कर्णाली हुनेछन् ।

    काठमाडौंको प्रवद्र्धकमा शरदकृष्ण टिबरेवाला तथा ललितपुरको प्रवद्र्धकमा अनुज एम तिमिल्सिना, अनुज रिमल र विरोचन खनाल छन् । रोहित अग्रवाल र विशाल अग्रवालको स्वामित्वमा टिम मधेस रहने भएको छ । गण्डकीको प्रवद्र्धक सौरभ केडिया र टिम चितवनको प्रवद्र्धक निम्बस होल्डिङ हुन् ।

    राजेश बगडिया र प्रतिक अधिकारीले टिम कर्णालीको प्रवद्र्धन गर्ने भएका छन् । काभा महिला भलिबल नेसन्स लिगको सकिएको भोलीपल्टै आयोजकले फ्रेन्चाइज टोली सार्वजनिक गरेको हो ।

    इन्फिनिटीका संस्थापक आमिर अख्तरले नेपालमा भलिबल खेल प्रवद्र्धनमा थप टेवा पुर्याउने र नेपाली खेलाडीलाई अन्तर्राष्ट्रियस्तरमा थप स्थापित गर्न भलिबलको फ्रेन्चाइज लिग शुरु गरेको जनाएको छ । आयोजकले केही दिनमा नै नेपाली खेलाडीको ड्राफ्ट सूचि सार्वजनिक गर्ने भएको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend