सोमबार, बैशाख २२ २०८२

सोमबार, बैशाख २२ २०८२

एकसाथ आधा दर्जन बढी तिज गीत सार्वजनिक

एकसाथ आधा दर्जन बढी तिज गीत सार्वजनिक

काठमाडौं । एकसाथ आधा दर्जन बढी तिज गीत सार्वजनिक भएका छन् । आईतबार काठमाडौंको राष्ट्रिय नाचघरमा यस बर्ष बजारमा आएका मौलिक आधा दर्जन बढी तिज गीत सार्वजनिक भएका हुन् ।

कार्यक्रममा सामुहिक विमोचनसँगै विकृतिजन्य गीतहरको बारेमा पनि अन्तरक्रिया गरिएको थियो । सारी लरक्कै, बाबाको आँगनीमा, फेरि आयो तिजै, चेलीलाई माईती, कालो कपाल पारेर फरर लगायतका गीतहरु एकसाथ विमोचन भएका हुन् ।

सो अवसरमा गीतका सर्जक, एवं गायक गायिकाहरुले आफ्नो आफ्नो धारणा प्रस्तुत गरेका थिए ।

नेपाली लोक संस्कृतिको संरक्षण, संवद्र्धन र प्रचार प्रसार गरौँ, शान्ति, प्रेस स्वतन्त्रता, मानव अधिकार र पत्रकार हकहितको सुनश्चित गरौँ भन्ने नारासहित राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको आयोजनामा गीतहरुको सामुहिक विमोचन भएको हो । यस वर्ष हरितालिक तिज भदौ २१ गते परेको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend