सोमबार, बैशाख २२ २०८२

सोमबार, बैशाख २२ २०८२

साफ यु–२० च्याम्पियनसिपः उद्घाटन खेलमा नेपाल विजयी

साफ यु–२० च्याम्पियनसिपः उद्घाटन खेलमा नेपाल विजयी

काठमाडौं । साफ यु–२० च्याम्पियनसिप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा नेपाल विजयी भएको छ । नेपालले श्रीलंकालाई १–० ले पराजित गरेको हो ।

नेपालको जितमा निराजन धामीले गरेको गोल निर्णायक सावित भयो । धामीले २४औ मिनेटमा गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए ।

खेलमा नेपाली फरवार्ड पाएका अवसरमा पटकपटक चुकेका थिए । समिर तामाङले दुई सुन्दर अवसर खेर फालेका थिए ।

प्रतियोगिताको समूह ‘ए’ मा नेपाल, बंगलादेश र श्रीलंका छन् । समूह ‘बी’ मा भारत, माल्दिभ्स र भुटान छन्।

अब नेपालले समूहको दोस्रो खेलमा बिहीबार बंगलादेशसँग खेल्नेछ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend