आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

शेयर बजारमा सामान्य वृद्धि, १ सय कम्पनीको मूल्य बढ्दा १८ अर्बको कारोबार

शेयर बजारमा सामान्य वृद्धि, १ सय कम्पनीको मूल्य बढ्दा १८ अर्बको कारोबार

काठमाडौँ । आज शेयर बजार झिनो अकंले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २.११ अकंले बढेर २९६८.४४ बिन्दुमा कायम भएको छ ।

आज १०० कम्पनीको शेयर मूल्य बढ्दा १४० कम्पनीको शेयर मूल्य घटेको छ ।

आज ३३७ कम्पनीको ४ करोड १४ लाख ५४ हजार ५११ कित्ता शेयर किनबेच हुँदा १८ अर्ब ९० करोड ६३ लाख ७३ हजार रुपैयाँको कारोबार भएको छ ।

आज हिमालयन रिइन्स्योरेन्स कम्पनीको ६६ करोड २ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अपी पावर कम्पनीको ४५ करोड ७८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एभरेष्ट बैंकको ४५ करोड माथिको शेयर कारोबार भएको छ ।

यसदिन फाइनान्स कम्पनीको शेयरमा लगानीकर्ता झुम्मिएका छन् । फाइनान्स समूहको शेयर मूल्य सर्वाधिक ४.९९ प्रतिशतले बढेको छ । साथै, बैंकिङ समूहको ०.५९ प्रतिशत, विकास बैक समूहको ०.७२ प्रतिशत, इन्भेष्टमेन्ट समूहको ०.१२ प्रतिशत, अन्य समूहको ०.१८ प्रतिशत र अन्य समूहको शेयर मूल्य घटेको छ ।

बुधबार पाँच कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । आज कर्पोरेट डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, रिलायन्स फाइनान्स र दोल्ती पावर कम्पनीका लगानीकर्ताले कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।

आज कर्णाली डेभलपमेन्ट बैंकका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका छन् ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend