logo

२०८१ मंसिर ६ बिहिबार

logo
  • बिहिबार, ६ मंसिर २०८१
  • सुलभ र मुकुन्दबीच हिमालयन रि–इन्स्योरेन्सको सेयर विवाद कम्पनी रजिष्टारमा, ३४ करोड ८० लाख माग दाबी

    सुलभ र मुकुन्दबीच हिमालयन रि–इन्स्योरेन्सको सेयर विवाद कम्पनी रजिष्टारमा, ३४ करोड ८० लाख माग दाबी

    12.8K
    Shares
    सुलभ र मुकुन्दबीच हिमालयन रि–इन्स्योरेन्सको सेयर विवाद कम्पनी रजिष्टारमा, ३४ करोड ८० लाख माग दाबी

    काठमाडौं । दुई व्यवसायिक घरनाबीच हिमालयन रि–इन्स्योरेन्स लिमिटेडको संस्थापक सेयर लेनदेन विवाद आपसी समझदारीबाट किनारा नलागेपछि अहिले कम्पनी रजिष्टार कार्यालयमा पुगेको छ । शंकर ग्रुपका प्रवन्ध निर्देशक सुलभ अग्रवाल उनका श्रीमति सुभी अग्रवाल र अर्का व्यवसायी मुकुन्दप्रसाद तिमिल्सिनाबीचको सेयर विवाद रजिष्टार कार्यालयमा पुगेको हो ।

    विवाद मिलाउन रजिष्टार कार्यालयले हाजिर हुन सुलभ र सुभी अग्रवाललाई सात दिनको म्याद दिएको थियो । सात दिनभित्र सुलभ र सुभीबाट प्रतिक्रिया प्राप्त नभएको कार्यालयले जनाएको छ ।

    तिमिल्सिनाले हिमालयन रि–इन्स्योरेन्सको कबुल गरेको सेयर नदिएको जिकिर गर्दै कम्पनी रजिष्टारको कार्यालयमा उजुरी दर्ता गरेका थिए । कम्पनी रजिष्टारको कार्यालयले सुलभ र सुभी अग्रवाललाई एक साताभित्र उपस्थित हुन सूचना जारी गरेको थियो । कार्यालयले जारी गरेको सूचनाको म्याद साउन ४ गते सकिएको छ ।

    उजुरीकर्ता तिमिल्सिनाले फिनकोर्प प्रालिको संस्थापक सेयरधनी जगदम्बा फ्लोर एन्ड एग्रो प्रालिको सत्प्रतिशत सेयर जफत गरेको, दिन कबुल गरेको सेयरको रकम जम्मा नगरी बिक्री गरेको आरोप लगाएका छन् ।

    यस्तै कम्पनीको सेयर जफत र खरिद बिक्री गर्ने कार्य मिलेमतोमा भएको र हिमालयन रि–इन्स्योरेन्सको सेयर एकलौटी जफत गरिएको दाबी तिमिल्सिनाको छ । अहिले नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा हिमालयन रि–इन्स्योरेन्सको सेयर सबैभन्दा बढी कारोबार भइरहेको छ । बुधबार हिमालयन रिको सेयर प्रतिकित्ता ९ सय ८० रुपैयाँमा कारोबार भएको छ ।

    तिमिल्सिनाले सेयर नपाएपछि कम्पनीमा गरिएको सबै कार्यको बदर गरी दाखिला भएको ३४ करोड ८० लाख र सोको ब्याजसहितको क्षतिपूर्तिसमेत दिलाइ पाउँ भनी सुलभ, सुभी अग्रवालका साथै कामाख्या फिनकोर्पसमेतका विरुद्धमा उजुरी दर्ता गराएको रजिष्टार कार्यालयले जनाएको छ ।

    यस्तै कार्यालयबाट जारी भएको कम्पनीका नाममा म्याद सूचना कर्मचारी खटाइ तामेल गर्न पठाएकोमा म्याद सूचना बुझ्न इन्कार गरेपछि फिर्ता आएको रजिष्टारको कार्यालयले जनाएको छ ।

    यस्तै सञ्चार माध्यमबाट सम्पर्क गर्दा बेवस्ता गरेपछि पुनः एक हप्ताको म्याद जारी गरेको जानकारी कार्यालयले दिएको छ । कार्यालयले कानून बमोजिम लिखित प्रमाणसिहत आफै उपस्थित हुन, प्रतिनिधी वा कानून व्यवसायी पठाउन भनेको थियो ।

    तर, सुलभले कुनै प्रतिक्रिया नदिएपछि कानून बमोजिम निर्णय गर्ने तयारीमा कार्यालय लागेको छ । यस विषयमा सुलभ र सुभीले गरेको कुनै पनि उजुरी नलाग्ने कार्यालयले स्पष्ट पारेको छ ।

    यो पनि : 

    शंकर ग्रुप र मुकुन्दबीच हिमालयन रि-को सेयर विवाद अदालतमा जाँदै, सुलभले २८ करोड लोभ किन गरे ?

    हिमालयन रि–इन्स्योरेन्सको संस्थापक सेयरमा शंकर ग्रुपका सुलभ अग्रवालले बढी मूल्य लिएपछि विवाद

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend