logo

२०८१ बैशाख १५ शनिबार

logo
  • शनिबार, १५ बैशाख २०८१
  • हिमालयन रि–इन्स्योरेन्सको संस्थापक सेयरमा शंकर ग्रुपका सुलभ अग्रवालले बढी मूल्य लिएपछि विवाद

    हिमालयन रि–इन्स्योरेन्सको संस्थापक सेयरमा शंकर ग्रुपका सुलभ अग्रवालले बढी मूल्य लिएपछि विवाद

    29.1K
    Shares
    हिमालयन रि–इन्स्योरेन्सको संस्थापक सेयरमा शंकर ग्रुपका सुलभ अग्रवालले बढी मूल्य लिएपछि विवाद

    काठमाडौं। हिमालयन रि–इन्स्योरेन्स लिमिटेडको संस्थापक सेयर किनबेचको विषयमा प्रतिष्ठित दुई व्यवसायिक घरनाहरुबीच विवाद भएको छ। संस्थापक लगानीकर्ता शंकर ग्रुपका उपाध्यक्ष सुलभ अग्रवालले सहमति विनै हिमालयन हिमालयन रि–इन्स्योरेन्सको सेयरको बढी मूल्य लिएको आरोप एक व्यवसायिक घरनाले लगाएको छ।

    हिमालयन रिको प्रतिकित्ता १ सय रुपैयाँमा सेयर दिन सहमति भएकोमा पछि शंकर ग्रुपका उपाध्यक्ष सुलभ अग्रवालले ७ सय रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता ८ सय रुपैयाँ मूल्य कायम गरी २८ करोड रुपैयाँ बढी लिएको जिकिर ती व्यसायीको छ। पटकपटक छलफल हुँदा पनि बढी रकम भुक्तानी दिन नमानेको भन्दै ति व्यवसायी कानुनी उपचारका लागि अदालत जाने तयारीमा रहेका छन्।

    कामाख्या फिनकर्पले लिन कबुल गरेको हिमालयन रिको ९ लाख कित्ता संस्थापक सेयर मध्ये २ लाख २५ हजार कित्ता सेयर जफत गरी बाँकी ६ लाख ७५ हजार कित्ता सेयर प्रतिकित्ता ८ सय रुपैयामा बेचेको आरोप ति व्यवसायीको छ। जफत गरिएको भनिएको सेयर सुभी अग्रवाललगायत अर्को व्यवसायिक घरनाले लिने सहमति भएको थियो। तर, सुभीले आफ्नो नाममा रहेको सेयर बढी मूल्य लिएर ति व्यवसायिक घरनालाई २०७८ असार १६ गते बढी मूल्यमा बिक्री गरेको खुलेको छ।

    प्रथम वार्षिक साधारणसभा नभएसम्म संस्थापकले सेयर बिक्री गर्न नपाउने प्रावधानलाई छल्न सेयर जफत गर्ने सुभी अग्रवाल मात्र बसेर हिमालयन रि–इन्स्योरेन्सको सेयर छाड्ने र विना आधार हिमालयन रिको सेयरमा ७ सय रुपैयाँ प्रिमियम थपेर सुलभ अग्रवालले प्रतिकित्ता ८ सय रुपैयाँमा बिक्री गरेको आरोप लगाइएको छ। लिन कबुल गरेको सेयर रकम दाखिला नगर्ने भनी जानकारी गराइ संस्थापकले लिन कबुल गरेको सेयर जफत भएको जिकिर ति व्यवसायीको छ।

    हिमालयन रिमा सेयर लगानी गरेको कामाख्य फिनकर्पको प्रवन्धपत्र नियमावली संशोधन हुनुपर्नेमा सो नभएको पाइएको कम्पनी रजिष्टारको कार्यालयले जनाएको छ। कम्पनीको प्रवन्धपत्र नियमावली संशोधन नहुँदै कम्पनीको एकल अध्यक्ष तथा सञ्चालक भनी वैठक बसेर निर्णय गरेको आरोप सुभी अग्रवालमाथि लागेको छ।

    यस्तै २०७८ जेठ २५ गते सुभी अग्रवालको उपस्थिती भइ बसेको बैठकले हिमालयन रि–इन्स्योरेन्सको कामाख्याले लिन कबुल गरेको ९ लाख कित्ता मध्ये २ लाख २५ हजार कित्ताको हक छाडी ६ लाख ७५ हजार कित्ता मात्र लिने निर्णय अवैधानिक भएको जिकिर ति व्यवसायिक घरनाको छ। सुभीले आफ्नो नाममा रहेको सबै सेयर प्रिमियम मूल्य राखेर २०७८ असार १६ गते दुई व्यवसायीलाई प्रतिकित्ता ८ सय रुपैयाँमा बिक्री गरेको भनिएको छ।

    प्रिमियम मूल्यमा सेयर बेचेपछि २०७८ असार १७ गते विशेष साधारणसभाबाट नियमावली संशोधन गरी एकल कामाख्या फिनकर्प बहुल सेयरधनीमा परिणत भइको र सोको स्वीकृति तथा अभिलेख २०७८ भदौ १३ गते मात्र भएको जिकिर ति व्यवसायीको छ। एकल सेयरधनी कायम रहेको कम्पनीमा बहुल सेयरधनी कायम भएपछि कम्पनी रजिष्टारको कार्यालयबाट स्वीकृत अभिलेख नहुँदै गरेको काम कारबाहीको कानुनी वैधतामा प्रश्न उठेको छ।

    सुनौलो नेपालले ग्रुपका उपाध्यक्ष सुलभ अग्रवाललाई सम्पर्क गर्दा उनले यस विषयमा जानकारी नभएको बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend