logo

२०८१ बैशाख २७ बिहिबार

logo
  • बिहिबार, २७ बैशाख २०८१
  • बागलुङ कालिका मन्दिरमा चैते दसैँमा ४० लाख भेटी संकलन

    बागलुङ कालिका मन्दिरमा चैते दसैँमा ४० लाख भेटी संकलन

    624
    Shares
    बागलुङ कालिका मन्दिरमा चैते दसैँमा ४० लाख भेटी संकलन

    गलकोट । गण्डकी प्रदेशको प्रसिद्ध शक्तिपीठका रुपमा रहेको बागलुङ कालिका मन्दिरमा चैते दशैँको अवसरमा रु ४० लाख भेटी संकलन भएको छ । कालिका मन्दिरमा बडादशैँ र चैते दशैँमा सबैभन्दा बढी भेटी संकलन हुँदै आएको छ ।

    कालिका मन्दिरमा यस पटकको चैते दशैँ (नवरात्री) को अवसरमा रु ४० लाख ७२ हजार पाँच सय ५८ भेटी संकलन भएको कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले बताए ।

    खड्काका अनुसार गत वर्षको चैते दशैँको अवसरमा संकलित भेटीको तुलनामा यस पटक रु ११ लाख कम भेटी संकलन भएको छ । गत वर्षको चैते दशैँको अवसरमा रु ५१ लाख भेटी संकलन भएको थियो ।

    नवरात्र सुरु भएपछि चैते दशैँ अवधिभर पाँच लाखभन्दा बढी दर्शनार्थीले कालिका मन्दिर दर्शन गरेका थिए । उनीहरुले चढाएको भेटी, नगद सहयोग, बलि लगायतबाट उक्त रकम भेटी चढाएका छन् ।

    चैते दशैँको अवसरमा कालिका भगवती मन्दिरमा यस पटक बलिको सङ्ख्या घटेकाले अघिल्लो चैते दशैँ को तुलनामा रु ११ लाख कम भेटी संकलन भएको खड्काको भनाइ छ ।

    “यस पटकको चैते दशैँमा दर्शनार्थी बढेको तर बलि घटेको पाइएको छ, बलि घट्नासाथ भेटीमा कमी आएको हो, तर धार्मिक पर्यटकको सङ्ख्या क्रमशः बढ्दै आएको हामीले पाएका छौँ, चैते दशैँमा पाँच लाख भन्दा बढी धार्मिक पर्यटक मन्दिरमा आएका छन्”, खड्काले भने “चैते दशैँको नवरात्र अवधिभरमा सबैभन्दा बढी भेटी चैत्राष्टमी ९चैते दशैँको दिनमा रु नौ लाख १८ हजार भेटी संकलन भएको छ ।”

    मन्दिर आसपासमा रहेका सटरबाट मन्दिरले मासिक रु ३ लाख १४ हजार भाडा असुल गर्दै आएको छ । त्यसबाहेक मन्दिरमा चढाइने अक्षता, बोका तथा कुखुराको टाउकोबाट पनि कमाइ हुने गरेको छ ।

    परेवा उडाउनेले तिर्ने शुल्क, विवाह र व्रतबन्ध शुल्क, मन्दिरमा आउने पण्डितले बुझाउने दस्तुरसमेतबाट आम्दानी जोडिने गरिएको मन्दिर व्यवस्थापन समितिका सचिव निशान खड्काले जानकारी दिए । रासस

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend