logo

२०८१ बैशाख २७ बिहिबार

logo
  • बिहिबार, २७ बैशाख २०८१
  • उपनिर्वाचन अपडेट : इलाम–२ मा ४० प्रतिशत मत खस्यो

    उपनिर्वाचन अपडेट : इलाम–२ मा ४० प्रतिशत मत खस्यो

    936
    Shares
    उपनिर्वाचन अपडेट : इलाम–२ मा ४० प्रतिशत मत खस्यो

    काठमाडौँ । इलाम–२ को उपचिर्वाचनमा ४० प्रतिशत मत खसेको छ । मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेका अनुसार दिउँसो १ बजेसम्म ४० प्रतिशत मत खसेको हो ।

    केही केन्द्रमा धेरै र केहीमा थोरै खसेको हुँदा औसतमा ४० प्रतिशत मतदान भएको मुख्य निर्वाचन अधिकृत घिमिरेले बताए ।

    इलामको ६ वटा पालिकाको ४२ वटा वडामा १४९ मतदान केन्द्र छन् । निर्वाचन क्षेत्र नं २ मा १ लाख १५ हजार ८ सय ८७ मतदाता संख्या रहेको छ ।

    एक सय ४९ मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान भैरहेको छ । बिहान सुस्त गतिमा खसेको मत दिउसो ह्वात्तै बढेको इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए । ६ पालिकाका ४२ वटा वडामा मतदान भैरहेको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend