logo

२०८१ बैशाख २७ बिहिबार

logo
  • बिहिबार, २७ बैशाख २०८१
  • वेष्टइण्डिज ए ले नेपाललाई दियो २०५ रनको लक्ष्य

    वेष्टइण्डिज ए ले नेपाललाई दियो २०५ रनको लक्ष्य

    858
    Shares
    वेष्टइण्डिज ए ले नेपाललाई दियो २०५ रनको लक्ष्य

    काठमाडौँ । पाँच खेलको टी–२० शृङ्खलाको पहिलो खेलमा वेस्ट इन्डिज ‘ए’ ले नेपालसामु जितका लागि २ सय ५ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा २ सय ४ रन बनाएको हो ।

    वेष्टइण्डिज ए का कप्तान रोस्टन चेसले ४६ बलमा ९ चौका र २ छक्कासहित सर्वाधिक ७४ रन बनाए ।

    ओपनर एलिक एथानाजे २५ बलमा ५ चौका र ३ छक्कासहित ४७, जोनसन चार्ल्स शून्य, आन्द्रे फ्लेचर १३ रनमा आउट भए । केसी कार्टी २६ बलमा २ चौका र ३ छक्कासहित ३८ रनमा आउट भए ।

    त्यस्तै, ओपनर एलिक अथानाजेले २५ बलमा ४७ रनको शानदार इनिङ्स खेले । उनले यस क्रममा ५ चौका र ३ छक्का हिर्काए । किसी कार्टीले २६ बलमा ३८ रन बनाए । उनले २६ बलमा २ चौका र ३ छक्का प्रहार गरे ।

    कदिम एलियन १५ बला २ चौकासहित १४ रनमा नट आउट रहे ।

    नेपालका कमलसिंह ऐरी, दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल र अभिनाश बोहराले १/१ विकेट लिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend