सोमबार, बैशाख २२ २०८२

सोमबार, बैशाख २२ २०८२

मध्यमवर्गलाई लक्षित गरी एमएडब्लू वृद्धिले ल्यायो चिनियाँ नामी इभी, मूल्य ३० लाखदेखि ३५ लाखसम्म

मध्यमवर्गलाई लक्षित गरी एमएडब्लू वृद्धिले ल्यायो चिनियाँ नामी इभी, मूल्य ३० लाखदेखि ३५ लाखसम्म

काठमाडौं । नाडा अटो शो आउने दिन नजिकिँदै गर्दा नयाँ ब्रान्डका गाडीहरु धमाधम सार्वजनिक हुन थालेका छन् । अटो शोको पूर्वसन्धामा एमएडब्लू वृद्धिले नामी ब्राण्डको इभी गाडी नेपालमा सार्वजनिक गरेको छ ।

मध्यमवर्गलाई लक्षित गर्दै एमएडब्लू वृद्धिले चिनियाँ कम्पनी डङफेङ कर्पोरेशनले उत्पादन गरेको विद्युतीय गाडी नामी बिहीबार नेपाली बजारमा सार्वजनिक गरेको हो। राम्रो फिचर भएको नामीको मूल्य सस्तो रहेको छ । नेपालमा एमएडब्ल्यु वृद्धिले नामीको तीन वटा मोडलमा गाडीहरु सार्वजनिक गरेको छ । मोडलअनुसार गाडीको मूल्य भने फरक रहेको छ ।

बिहीबार सार्वजनिक गरिएको गाडीमा नामी ई–१ को २९ लाख ९९ हजार, नामी ई–२ को ३१ लाख ९९ हजार र नामी ई–३ को ३४ लाख ९९ हजार मूल्य तोकिएको छ । नामीमा एक कम्प्याक ईभी गाडी हो। यसमा धेरै सेग्मेन्ट फस्ट प्रिमियम फिचर छन्। यसको एक्टेरियरमा फ्रमलेस डोर, फ्लस डोर ह्यान्डल, फ्लोटिङ कन्ट्रास रुफ जस्ता फिचर छन्।

यसको इन्टेरियरमा डाइमण्ड क्लील्टेड ड्यासबोर्ड, ३६० डिग्री क्यामरा, १२ इन्चको सेन्टर टचस्क्रिन डिस्प्ले, ५ इन्चको ड्राइभर इन्फर्मेसन डिस्प्ले, अटोमेटिक पार्किङ, एड्भान्स एडास सिस्टम, इन्टेलिजेन्ट भोइस कन्ट्रोल, ३२ कलरको एम्बीयन्ट लाइट, वायरलेस फोन चार्जर, इलेक्ट्रीक एड्जस्टेबल फ्रन्ट सिट पाइने कम्पनीले जनाएको छ।

एमएडब्ल्युले नेपाली बजारमा ३१.५ र ४२.३ किलोवाट आवरको दुई ब्याट्री एलएफपी अप्सनमा रहेको जानकारी दिएको छ । कम्पनीका अनुसार नामी बक्सको ठूलो ब्याट्री अप्सनले ३१० किलोमिटरको रेन्ज दिने बताइएको छ।

कम्पनीका अनुसार नामी ए –१ मा ७० किलोवाटको मोटर जडान गरिएको छ। जसले ९४ हर्सपावर तथा १६० न्यूटन मिटरको टर्क जेनेरेट गर्छ। नामीको टपस्पीड प्रतिघण्टा १ सय ४० किलोमिटर छ। नामी इभी उत्पादक डङफेङ मोटर कर्पोरेशन लिमिटेड राज्य स्वामित्वको चिनियाँ अटोमोबाइल निर्माता हो ।

यसको मुख्यालय हुवेइ प्राप्तको वुहानमा छ । सन् १९६९ मा स्थापित यो हाल एसएआइसी मोटर, चाङ्गन अटोमोबाइल र एफए ग्रुप भन्दा तल रहेको छ । गत वर्ष ६ लाख ७१ हजार गाडी बिक्री गरेको कम्पनी चीनको ‘बिग फोर’ कार निर्माता कम्पनी हो ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend