सोमबार, बैशाख २२ २०८२

सोमबार, बैशाख २२ २०८२

मुग्लिन-नारायणगढ खण्डमा माथिबाट ढुंगा खस्दा बस पल्टियो

मुग्लिन-नारायणगढ खण्डमा माथिबाट ढुंगा खस्दा बस पल्टियो

चितवन । चितवनको मुग्लिन–नारायणगढ सडकखण्डमा माथिबाट ढुंगा खसेर लाग्दा यात्रु बस दुर्घटना भएको छ । मुग्लिन नारायणगढ सडकखण्डमा बसमाथि ढुंगा खस्दा अनियन्त्रित भएर पल्टिएको हो । शुक्रबार दिउँसो पौने २ बजे भरतपुर महानगरपालिका–२९ सत्रकिलोमा रौतहटको गौरबाट पोखरा जाँदै गरेको ग २ ख ४७ नम्बरको बसमाथि ढुंगा खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

अचानक बसमाथि ढुंगा खसेपछि चालक आत्तिँदा बस अनियन्त्रित भएर पल्टिएको हो । बस दुर्घटनामा २५ जना घाइते भएका छन् । घाइते सबैलाई उपचारका लागि चितवनको भरतपुरमा पठाइएको छ । उनीहरु सबैको अवस्था सामान्य छ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend