logo

२०८१ असोज ३ बिहिबार

logo
  • बिहिबार, ३ असोज २०८१
  • तनहुँ बस दुर्घटनाका घाइतेलाई गृहमन्त्री लेखक र भारतीय राज्यमन्त्री खड्सेले भेटे

    तनहुँ बस दुर्घटनाका घाइतेलाई गृहमन्त्री लेखक र भारतीय राज्यमन्त्री खड्सेले भेटे

    693
    Shares
    तनहुँ बस दुर्घटनाका घाइतेलाई गृहमन्त्री लेखक र भारतीय राज्यमन्त्री खड्सेले भेटे

    काठमाडौं । तनहुँको आँबुखैरेनी ४ ऐनापहरामा शुक्रवार भएको बस दुर्घटनाका घाइतेसँग गृहमन्त्री रमेश लेखक र भारत सरकारकी युवा मामिला तथा खेलकुद राज्यमन्त्री रक्षा निखिल खड्सेले भेट गरेका छन् ।

    शुक्रबार भारतीय पर्यटक सवार बस मस्र्याङ्दी नदी किनारमा खस्दा २७ जनाको मत्यु भएको थियो भने १६ जना घाईतेहरुको महाराजगञ्जस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको छ । बस दुर्घटनामा परी घाइते नागरिकहरुलाई भेट्न नेपाल आएकी राज्यमन्त्री खड्सेसँग गृहमन्त्री लेखकले अस्पतालमा नै बिरामीहरुको अवस्था बुझ्नेक्रममा भेट गरेका हुन् ।

    भेटमा उनले दुर्घटना लगत्तै नेपाली सेना र नेपाल प्रहरीले चाँडो भन्दा चाँडो उद्धार गरेका कारण थप मानवीय क्षति हुन नपाएको बताएका थिए भने राज्यमन्त्री खड्सेले छिटो उद्धार गरेर केही नागरिकको ज्यान बचाउने काम गरेको भन्दै नेपाल सरकार र उद्धार कार्यमा संलग्न सुरक्षाकर्मीलाई धन्यावाद दिएकी थिइन् ।

    बिरामीहरुको उपचार राम्रोसँग भईरहेको र केही घाइते बाहेक अन्यको स्वास्थ्य अवस्थामा राम्रो सुधार आएको गृहमन्त्री लेखकले बताए । उनले त्यही क्रममा राज्यमन्त्री खडसेसँग पनि भेट भएको र मृतकहरुको शव भारत पठाउने विषयमा पनि छलफल गरिएको जानकारी दिए ।

    गृहमन्त्री लेखकले भने, ‘पहिलो कुरा त यो सडक दुर्घटनाहरु भइरहेका छन् । बडो दुःखद् घटनाहरु पनि भइरहेका छन् । मित्रराष्ट्र भारतबाट पर्यटकको रुपमा आउनु भएको मानिसहरुको बस दुर्घटना भएर केही मानिसहरुको मृत्यु भयो । हामीले नेपाली सेना, नेपाल प्रहरीले अत्यन्त मेहनतका साथ धेरै चाँडो काम गरेर केही मानिसहरुलाई बचाउन सकियो । केही मानिसहरुको मृत्यु पनि भएको छ ।

    अब घाइतेहरुको यहाँ उपचार भइरहेको छ । अहिले राम्रैसँग उपचार भइरहेको छ । र भारतबाट पनि एकजना राज्यमन्त्री आउनुभएको छ । उहाँकै निर्वाचन क्षेत्रका मानिसहरु हुनुहुँदो रहेछ महाराष्ट्रको । उहाँ पनि आउनुभएको छ । आफ्नो भेटघाट गरिरहनुभएको छ । हेरिरहनु भएको छ । मैले पनि हेरेर बिरामीहरुलाई भेटेर आएँ । उनीहरुसँग राम्रोसँग उपचार भइराखेको छ । बिरामी मध्ये १–२ जनाको स्थिति गम्भिर छ । अरुको राम्रो छ । सुधार भएको छ ।’

    भाद्र ७ गते (हिजो) बिहान करिव साढे ११ बजे सडकमा अनियन्त्रित भई मस्र्याङदी नदी किनारामा भारतीय पर्यटक बोकेको बस खस्दा २७ जनाको मृत्यु भएको थियो भने १६ जना घाइते भएका थिए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend