सोमबार, बैशाख २२ २०८२

सोमबार, बैशाख २२ २०८२

साफ यु-२० च्याम्पियनसिप : पेनाल्टी सुटआउटमा भुटानलाई हराउँदै नेपाल फाइनलमा

साफ यु-२० च्याम्पियनसिप : पेनाल्टी सुटआउटमा भुटानलाई हराउँदै नेपाल फाइनलमा

काठमाडौं । नेपाल साफ यु-२० च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ ।आइतबार एन्फा कम्प्लेक्समा भुटानलाई ४-१ गोलले हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको हो ।

निर्धारित ९० मिजेट १-१ को बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको हो । पेनाल्टी सुटआउटमा नेपालका लागि राम थापा, अविनाश स्याङ्गतान, सिमान्त थापा, र जियारथ शृखले गोल गरे । भुटानका लागि जेत्सुन दोर्जीले मात्र गोल गरे ।

नेपालले अब भारत र बंगलादृशबीचको दोस्रो सेमिफाइनलको विजेतासँग खेल्नेछ । फाइनल बुधबार हुनेछ ।

एन्फा कम्प्लेक्समा भएको खेलमा सुरुवाती अग्रता भुटानले लिएको थियो। भुटानका जेत्सुएन दोर्जेले ५५ औँ मिनेटमा गोल गरेका थिए। ७८ औँ मिनेटमा नेपालका निराजन धामीले गोल गरे।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend