
काठमाडौं । एमएडब्लुले नाडा अटो शोमा सेरेस ३ खरिद गर्न चाहनेका लागि विशेष अफर घोषणा गरेको छ।
कम्पनीले नाडा अटो शोका लागि सेरेस ३ प्रिमियमको मुल्य ४८ लाख ८७ हजार रुपियाँ तोकेको छ। यसअघि सो गाडीको मूल्य ५२ लाख ९९ हजार रुपैयाँ थियो। ग्राहकले ४ लाख १२ हजार रुपैयाँ सस्तो पाउने भएकाछन्
अर्को भेरियन्ट सेरेस ३ कम्फर्टको ४५ लाख ४९ हजार रुपैयाँ राखिएको छ। यस अघि सो गाडीको मूल्य ४९ लाख ९९ हजार रुपैयाँ थियो।
यो मूल्य नाडा अटो शोमा मात्रै लागू हुने कम्पनीले जनाएको छ। यसमा फाइनान्सको भने कुनै सुविधा नभएको कम्पनीले जनाएको छ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend