logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • साफ च्याम्पियनसिपको उपाधि आन्दोलनमा ज्यान गुमाएका विद्यार्थीप्रति समर्पित छ : बंगलादेशी प्रशिक्षक

    साफ च्याम्पियनसिपको उपाधि आन्दोलनमा ज्यान गुमाएका विद्यार्थीप्रति समर्पित छ : बंगलादेशी प्रशिक्षक

    3.9K
    Shares
    साफ च्याम्पियनसिपको उपाधि आन्दोलनमा ज्यान गुमाएका विद्यार्थीप्रति समर्पित छ : बंगलादेशी प्रशिक्षक

    काठमाडौं । साफ यु–२० च्याम्पियनसिपको फाइनलमा पराजित भएपछि नेपाली टोलीका प्रशिक्षक उर्जन श्रेष्ठले पहिलो गोल व्यहोर्नु नै खेल टर्निङ प्वाइन्ट रहेको बताएका छन् ।

    सातदाबाटोस्थित एन्फा कम्प्लेक्स पहिलो हाफको थप समयमा फ्रिकिकमार्फत गोल बेहोरेको थियो । त्यो गोलसँगै नेपाल खेलमा १–० ले पछि परेको थियो ।

    हारपछि नेपाली टोलीका प्रशिक्षक श्रेष्ठले अनावश्यक फाउलका कारण गोल व्यहोरेपछि नै खेलको नतिजा फेरिएको उल्लेख गरे । त्यो गोलपछि आफ्ना खेलाडी दबाबमा परेको बताए । सबै खेलाडीलाई गोल गर्र्न मात्र ध्यान नभएको र आफ्नो जिम्मेवारी अनुरूप खेलाडीले काम गर्न नसक्दा खेल गुमाउनु परेको धारणा राखे ।

    उनले पहिलो हाफमा प्राप्त अवसर पनि सिर्जना हुन नसक्दा खेलमा दबाब भएको बताएका छन् । नेपाली टोलीका कप्तान कुशल देउवाले आफ्नो खेलाडीले बेस्ट दिने प्रयास गरे पनि योजनाअनुरुप खेल्न चुकेको बताए ।

    बंगलादेशका प्रशिक्षक मरुफुल हकले यो ट्रफी विद्यार्थी आन्दोलनमा ज्यान गुमाएकालाई समर्पित गरेका छन् । उनले नेपाली खेलाडी दबाबमा पर्दा लगातार गल्ती गरेको र त्यसका फाइदा आफ्ना खेलाडीले लिएका पनि धारणा राखे ।

    काउन्टर प्रयासमा गोल गर्ने रणनीति पनि सफल भएको उनको भनाइ छ । बंगलादेशका प्रशिक्षकले पनि पहिलो गोल नै टर्निङ प्वोइन्ट रहेको उल्लेख गरे ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend