logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • १० प्रतिशत ब्याज तिर्ने गरि एनसेलले पायो किस्ताबन्दी सुविधा, ब्याजले नेपाल टेलिकमलाई समेत असर पार्ने

    १० प्रतिशत ब्याज तिर्ने गरि एनसेलले पायो किस्ताबन्दी सुविधा, ब्याजले नेपाल टेलिकमलाई समेत असर पार्ने

    595
    Shares
    १० प्रतिशत ब्याज तिर्ने गरि एनसेलले पायो किस्ताबन्दी सुविधा, ब्याजले नेपाल टेलिकमलाई समेत असर पार्ने

    काठमाडौं । सरकारले निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेललाई अनुमतिपत्र (लाइसेन्स) नवीकरण वापत तिर्नुपर्ने शुल्क चार किस्तामा बुझाउन सुविधा दिएको छ ।

    बिहीबार बसेको मन्त्रिपरिषद बैठकले चार किस्तामा शुल्क तिर्ने सुविधा दिनुकोे एक मन्त्रीले सुनौलो नेपाललाई बताए । ति मन्त्रीका अनुसार पछिल्ला किस्ता तिर्दा १० प्रतिशत ब्याज लिने निर्णय गरेको ति मन्त्रीले जानकारी दिए ।

    १० प्रतिशत ब्याज लगाउँदा एनसेललाई ४ अर्ब रुपैयाँको आर्थिक भार पर्ने देखिएको छ।

    कुल २० अर्ब तिर्नुपर्ने नवीकरण दस्तुरमध्ये एनसेलले जेठ १४ गते ४ अर्ब रुपैयाँ नेपाल दूरसञ्चार प्राधिकरणलाई बुझाइसकेको छ। आम्दानी निरन्तर घट्दै गएको भन्दै एनसेलले किस्ताबन्दीको सुविधा माग्दै प्राधिकरणलाई पहिलो किस्ता भन्दै ४ अर्ब रुपैयाँ मात्र बुझाएको थियो।

    पछिल्लला वर्षहरुमा म्यासेन्जर, ह्वाट्सएप, भाइबर जस्ता म्यासेजिङ एप र अन्य सामाजिक सञ्जालको प्रयोग बढ्दा टेलिकम कम्पनीले फोन कल तथा म्यासेज गर्ने आम्दानी ठूलो मात्रामा घट्दै गएको एनसेलले जनाएको ।

    एनसेलले दिएको जानकारीअनुसार दक्षिण एसियाका बंगलादेश र श्रीलंकामा टेलिकम बिजनेस बढेका बेला नेपालमा २५ प्रतिशत घटेको छ । एनसेलको सिम प्रयोगकर्ता १ करोड ३० लाख छन् ।

    ब्याज तिराउने निर्णयले नेपाल टेलिकमलाई समेत असर पार्न सक्ने देखिएको छ । २०७६ मा २० वर्ष पुगेको नेपाल टेलिकमलाई सरकारले २० अर्ब रुपैयाँ शुल्कमध्ये बाँकी रकम पछि बुझाउने सर्तमा १९ करोड रुपैयाँमै अनुमतिपत्र तेस्रो पटक नवीकरण गरेको थियो ।

    सोही अनुरूप गएको वैशाखमा नेपाल टेलिकमले वैशाख २५ मा १९ अर्ब ८१ करोड १० लाख रुपैयाँ शुल्क सरकारलाई बुझाएको थियो । सरकारले नेपाल टेलिकमलाई ब्याज लिएन् ।

    एउटै कानुन र लाइसेन्सबाट सञ्चालनमा आएका टेलिकम कम्पनीहरुलाई प्रतिस्पर्धाका लागि समान खेल्ने ठाउँ (लेभल प्लेइङ फिल्ड) नदिएको एनसेलले गुनासो गर्दै आएको छ । एनसलेले प्रत्येक वर्ष ४ अर्ब रुपैयाँ शुल्क बुझाउने प्रतिवद्धता जनाएको छ ।

    भदौ ६ गते प्राधिकरणले पत्र पठाएर एनसेलले प्राधिकरणलाई जरिवानासहित सबै शुल्क बुझाउन भनेपछिपत्रको जवाफ दिँदै एनसेलले वार्षिक ४ अर्ब रुपैयाँका दरले ५ वर्षभित्र नवीकरण शुल्क सबै तिर्ने भनेको छ । एनसेलले २०६१ भदौ १६ मोबाइल सेवाका लागि लाइसेन्स लिएको थियो ।

    दूरसञ्चार ऐन २०५३ अनुसार टेलिकम कम्पनीको यो लाइसेन्सको अवधि २५ वर्षको हुन्छ । जसअनुसार पहिलो पटक १० वर्षका लागि मात्रै लाइसेन्स पाउने व्यवस्था एनेमा छ । त्यसपछि हरेक पाँच वर्षमा २० अर्ब रुपैयाँ शुल्क तिरेर नवीकरण गर्नुपर्छ ।

    दूरसञ्चार ऐन २०५३ अनुसार टेलिकम कम्पनीको यो लाइसेन्सको अवधि २५ वर्षको हुन्छ । जसअनुसार पहिलो पटक १० वर्षका लागि मात्रै लाइसेन्स पाउने व्यवस्था एनेमा छ । त्यसपछि हरेक पाँच वर्षमा २० अर्ब रुपैयाँ शुल्क तिरेर नवीकरण गर्नुपर्छ । एनसेलले अन्तिम पाँच वर्षका लागि नवीकरण गर्नुपर्ने छ ।

    सरकारको स्वामित्व भएको कारण नेपाल टेलिकमले राज्यबाट सुविधा पाइरहेको छ । तर, एउटै लाइसेन्सबाट सञ्चालन भइरहेको निजी क्षेत्रको एनसेल भने सुविधाबाट बञ्चित हुँदै गएको छ । सरकारले मोबाइल सेवा प्रदायक कम्पनीमाथि विभेद गरेको छ । एउटै ऐनअन्तर्गत नेपाल टेलिकम र एनसेल आजियटा मोबाइल सेवा सञ्चालनको लाइसेन्स पाएका हुन् ।

    एनसेललाई वार्षिक १० प्रतिशत ब्याज लिएर नवीकरण शुल्क तिर्न किस्ताबन्दीको सुविधा दिने सरकारी प्रयत्नले सरकारी लगानीकै नेपाल टेलिकमलाई भने अप्ठेरो पार्न सक्ने जोखिम देखिन्छ।

    एनसेलले आफूहरुलाई ब्याज लिने र टेलिकमलाई छुट दिने अवस्था आए त्यसविरुद्ध अदालत जाने मनस्थिति बनाइसकेको स्रोत बताउँछ। एनसेलका सिम प्रयोगकर्ता १ करोड ३० लाख छन् ।

    आम्दानी र नाफा खुम्चिरहेका बेला सेवा विस्तारमा तीन गुणासम्म लगानी गरेको एनसेलले जनाएको छ । गत वर्ष सेप्टेम्बरमा सार्वजनिक गरिएको वित्तीय विवरणमा २७ अर्ब २२ करोड रुपैयाँ ऋण रहेको एनसेलले जनाएको छ । ऋण भएका कारण एनसेलले एकैपटक २० अर्ब रुपैयाँ नविकरण शुल्क बुझाउन नसक्ने भनेको छ ।

    एनसेल आजियटाको व्यापार निरन्तर खस्किँदै गएको छ । गत वर्ष २०२३ मा एनसेलको व्यापार ६ प्रतिशत घटेर ३७ अर्ब ४४ करोड २० लाख रुपैयाँमा सीमित भएको छ ।२०२२ मा एनसेलले ३९ अर्ब ७२ करोड ५० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । एक वर्षको बीचमा एनसेलको सञ्चालन आम्दानी २ अर्ब २८ करोड ३० लाख रुपैयाँ घटेको छ ।

    २०२१ मा ४० अर्ब ४२ करोड २४ लाख, २०२० मा ४६ करोड ८७ लाख ४० हजार रुपैयाँ कारोबार गरेको थियो । सन २०१८ मा झन्डै ६० अर्ब रुपैयाँ बराबर कारोबार गरेको एनसेलले २०२३ मा आइपुग्दा कारोबार घटेर ३७ अर्ब रुपैयाँमा झरेको छ ।

    पाँच वर्षमा वर्षमा एनसेलको आम्दानी झण्डै २२ अर्ब रुपैयाँ घटेको छ । २०१९ मा ५५ अर्ब ३९ करोड ८० लाख, २०१८ मा ५९ अर्ब ८१ करोड ६० लाख र २०१७ मा ५७ अर्ब १० करोड २० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो।

    यो पनि :

    ब्याज लिएर नेपाली टेलिकम डुबाउने निर्णय गर्दै सरकार !

    किस्ताबन्दीमा एनसेलको लाइसेन्स नविकरण गर्ने सरकारको तयारी, मन्त्रिपरिषदमा प्रस्ताव जाँदै

    बिजनेस खुम्चिन थालेपछि ओरालो यात्रामा नेपाल टेलिकम र एनसेल

    विभेदमा एनसेल : सरकारले बन्द गर्न लागेको हो ?


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend