आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

पाँचथरमा विस्फोटमा परी दुई बालबालिकाको मृत्यु

पाँचथरमा विस्फोटमा परी दुई बालबालिकाको मृत्यु

पाँचथर । पाँचथरको फालेलुङ गाउँपालिका—५ मा प्राङवुङमा विस्फोट हुँदा दुई जना बालबालिकाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा दीलिप साँवाका ११ वर्षका छोरा डिक्सन साँवा र २ वर्षकी छोरी प्रिन्सा साँवा छन्। २ जना घाइते भएका छन्।

घाइतेमध्ये एकजनाको जिल्ला अस्पतालमा उपचार भइरहेको अर्को एक जनाको स्थानीय अस्पतालमा उपचारपछि जिल्ला अस्पताल पठाइएको छ ।

अहिले त्यस ठाउँमा अर्को ग्रिनेट पनि भेटिएको बताइएको छ। त्यो क्षेत्र सिल गरेर नेपाली सेनाको डिस्पोजल टोली त्यहाँ पुगेको छ। के विस्फोट भएको र कसरी भएको यकिन भएको छैन।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend