logo

२०८१ असोज ३ बिहिबार

logo
  • बिहिबार, ३ असोज २०८१
  • १ अर्बमा सिजीले बनाइरहेको ‘सिग्नेटर प्लाटिनियम टाबर’को काम अन्तिम चरणमा, पुसमा सक्ने

    १ अर्बमा सिजीले बनाइरहेको ‘सिग्नेटर प्लाटिनियम टाबर’को काम अन्तिम चरणमा, पुसमा सक्ने

    2K
    Shares
    १ अर्बमा सिजीले बनाइरहेको ‘सिग्नेटर प्लाटिनियम टाबर’को काम अन्तिम चरणमा, पुसमा सक्ने

    काठमाडौं । सिजी होल्डिङसको १ अर्ब रुपैयाँ लगानीमा ललितपुरको झम्सिखेलमा व्यवसायिक भवन ‘सिग्नेटर प्लाटिनियम टाबर’ निर्माण भइरहेको छ । मल्टिस्ट्रोइ टावर आउँदो पुससम्म सम्पन्न गर्ने विकासकर्ता कम्पनी सिग्नेचर इन्भेन्ट्स प्रालिले जनाएको छ । अहिलेसम्म ७९ प्रतिशत वित्तीय प्रगति भएको टाबरको काम उन्नत चरण (एडभान्स स्टेज) मा रहेको छ ।

    टावरको डिजाइन र स्कोपमा भएको परिवर्तनले लागत ३२ प्रतिशत बढेको निर्माण कम्पनीले जनाएको छ । टाबर बनाउन कम्पनीले ७९ करोड ४६ लाख रुपैयाँ ऋण लिएको छ । बाँकी संस्थापकको ऋण लगानी भएको छ । सिग्नेचरले बैंकको ऋण सन् २०२५ देखि तिर्न सुरु गर्ने योजना रहेको जनाएको छ ।

    सन् २०२० मा सिग्नेचर इभेन्ट्स स्थापना भएको हो । कम्पनीमा सिग्नेचर प्लाटिनियम टाबरको ४७.१८, सिजी प्रोपर्टीको १०.५३ र केएमसी अटोमोबाइल्सको ४२.२९ प्रतिशत स्वामित्व रहेको छ ।मुलुकभर संगठित व्यावसायिक घर जग्गा विकासकर्ताहरूको संख्यामा बढेको छ । बढ्दो प्रतिस्पर्धा र सम्भावित अत्यधिक आपूर्तिले व्यवसाय र भाडामा नकारात्मक असर पार्न सक्छ ।

    सिजी होल्डिङ ग्रुप रियलस्टेट, अटोमोबाइल, उत्पादन, वित्तीय क्षेत्र, हस्पिटालिटी, शिक्षा, मदिरा बिजनेस सञ्चालन गरिरहेको छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend