logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • सडक अलपत्र पार्ने ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङसँग अझै साढे २ अर्बको ठेक्का

    सडक अलपत्र पार्ने ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङसँग अझै साढे २ अर्बको ठेक्का

    1.7K
    Shares
    सडक अलपत्र पार्ने ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङसँग अझै साढे २ अर्बको ठेक्का

    काठमाडौं । ठेक्का लिएर सडक अलपत्र पार्ने ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङको कान्छाराम कन्स्ट्रक्सन कम्पनीको व्यापार १ सय ६६ प्रतिशत घटेको छ । कान्छारामले गत वर्ष २८ करोड ९० लाख रुपैयाँ व्यापार गरेको छ ।

    अघिल्लो वर्ष कम्पनीले ७७ करोड रुपैयाँ व्यापार गरेको थियो । एक वर्षमा कम्पनीको व्यापार ४८ करोड १० लाख रुपैयाँ घटेको सार्वजनिक गरेको वित्तीय विवरणमा देखाइएको छ ।

    २०२१ मा १ अर्ब ६५ करोड ४० लाख रुपैयाँ निर्माण व्यापार गरेको थियो । पछिल्ला वर्ष कम्पनीको आम्दानी घट्दै गएको वित्तीय विवरणले देखाएको छ । २०२० मा व्यापार ६४ करोड रुपैयाँ थियो ।

    सन् २०२० देखि गत वर्षसम्म कान्छारामको व्यापार घट्दै गएको छ । चालू पुँजी कर्जा लिनुपर्दा र बैंकको उच्च ब्याजदरका कारण कम्पनी ५ करोड ८० लाख रुपैयाँ नोक्सानमा देखिएको छ ।

    लिएको ठेक्काको काम समयमा सम्पन्न गर्न नसकेको कान्छारामले पुल, सडक र सिँचाईलगायत पूर्वाधारको अझै २ अर्ब ५६ करोड रुपैयाँको ठेक्का सम्पन्न गर्न बाँकी छ । कुल अर्डर बुकको ८४ प्रतिशत विभिन्न परियोजनाहरू पुल, सडक र सिँचाइ परियोजना छ ।

    कम्पनीको अप्रत्याशित अर्डर बुक गत वर्ष भएको आम्दानीको ८.८ गुणा बढी हो । आयोजनाहरुको समयमै सम्पन्न हुनु महत्वपूर्ण हुनेछ । कान्छारामको ऋण ३ अर्ब रुपैयाँ छ ।

    कम्पनीको व्यापार सम्भावना र प्राप्त गर्न मार्जिन मा प्रत्यक्ष असर छ । कम्पनीमा लक्ष्मीमाया लामा र दीपक थिङको हिस्सा १ सय प्रतिशत सेयर रहेको छ । ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ कान्छारामको प्रबन्ध निर्देशक हुन् । उनको निर्माण व्यवसायमा दुई दशक भन्दा बढीको अनुभव छ । कान्छारामको नेतृत्व दिपक थिङले नेतृत्व गरेका छन् । निर्माण कम्पनीको सेयर पुँजी १० करोड रुपैयाँ रहेको छ ।

    कान्छाराम कन्स्ट्रक्सन कम्पनी सन् १९८९ मा स्थापना भएको क वर्गको निर्माण कम्पनी हो । कम्पनी सडक, भवन र पुल निर्माणमा केन्द्रीत छ । विभिन्न परियोजनामा योग्य हुन कान्छारामले संयुक्त उपक्रम (जेभी) का साथै एक निर्माण काम गरिरहेको छ ।

    तामाङको निर्माण कम्पनीले काम नगरेपछि कोशी प्रदेश सरकारले ठेक्का तोडेर कालोसूचीमा राख्न प्रक्रिया अघि बढाएको छ ।

    सडक निर्माण ठेक्का लिएर काम नगरेपछि राज्यमन्त्री तामाङको कम्पनी कान्छारामसँग कोशी प्रदेश पूर्वाधार विकास कार्यालय मोरङले ठेक्का तोड्न प्रक्रिया अघि बढाएको हो । सडक निर्माण सुरु गर्न प्रदेश पूर्वाधार कार्यालयले एक साताको मौकासमेत दिएको छ । कार्यालयले कान्छारामसँग ठेक्का तोड्नका लागि सात दिनको स्पष्टिकरण सोधेको छ ।

    राज्यमन्त्री तामाङको कान्छाराम कन्स्ट्रक्सनले बबियाबिर्ता रजनी काजिमान्चोक फसदंगी हुँदै दोभानघाट गान्धी आश्रम सुनबरसी सडक मोरङ निर्माणको ठेक्का पाएको छ ।

    यस्तै राज्यमन्त्री तामाङको कम्पनी कान्छारामले कटहरी गाउँपालिका रिङरोड पश्चिमबाट खोरिया महेशपुर हुँदै कृषि बजारसम्म सडक बनाउने ठेक्का लिएको पूर्वाधार विकास कार्यालय मोरङले जनाएको छ ।

    २०७६ साल कात्तिकमा सरकारले कान्छारामसँग १ अर्ब ५५ करोड ७३ लाख रुपैंयाँमा २५ किलोमिटर बाटो कालोपत्रे गर्नका लागि सम्झौता गरेको थियो । कान्छाराम कन्ट्रक्सनसँग ३ वर्षमा निर्माण कार्य सक्नेगरी सम्झौता भए पनि पटक पटक म्याद थप गर्दा पनि हालसम्म सडकको नाला बाहेकको काम भएको छैन् । यस्तै सुर्खेतमा पनि सडक अलपत्र पारेको आरोप लागेको छ ।

    यो पनि :

    ऊर्जा राज्यमन्त्री तामाङको कान्छाराम कन्स्ट्रक्सनले बनायो सडक अलपत्र, ठेक्का तोडेर कालोसूचीमा राख्न तयारी

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend