logo

२०८१ असोज ३ बिहिबार

logo
  • बिहिबार, ३ असोज २०८१
  • माओवादी जनयुद्धमा आधारित टेलिश्रृंखला ‘राधाकृष्ण’ शुक्रबारदेखि प्रशारण हुने

    माओवादी जनयुद्धमा आधारित टेलिश्रृंखला ‘राधाकृष्ण’ शुक्रबारदेखि प्रशारण हुने

    2.2K
    Shares
    माओवादी जनयुद्धमा आधारित टेलिश्रृंखला ‘राधाकृष्ण’ शुक्रबारदेखि प्रशारण हुने

    काठमाडौं । नेपाली टेलिश्रृंखला राधाकृष्ण शुक्रवारदेखि प्रशारणमा आउने भएको छ । बिहीबार काठमाडौंमा एक कार्यक्रमबीच सो जानकारी गराइएको हो ।

    टेलिश्रृंखलाको बारेमा जानकारी दिँदै कलाकार मरिचमान श्रेष्ठ (बल्छि धुर्वे) ले हरेक हप्ताको शुक्रवार साँझ ७ बजे बल्छी धुर्वे युट्युवमा टेलिश्रृंखला प्रशारण हुने जानकारी दिए । कलाकार श्रेष्ठले टेलिश्रृंखलामा १० वर्षे माओवादी जनयुद्धताकाका घटनाहरुलाई देखाइने बताए । उनले जनयुद्धकै कारणले स्वतन्त्र रुपमा बोल्ने अधिकार पाएको भन्दै उनले समाजमा परिवर्तन ल्याएको पनि जनयुद्धले नै भएको बताए ।

    उनले बल्छी धुर्वे माओवादी भएछ भन्ने अफवाह नराख्न समेत आग्रह गरे ।

    उनले भने, ‘राधाकृष्णले हामीले १० वर्षसम्म भोगेको जनयुद्ध । हामी यसरी बोल्न पाएको जनयुद्धकै कारणले हो जस्तो मलाई लाग्छ । समाजमा ठूलो परिवर्तन गरेको छ । त्यो अवस्थामा के भएको थियो । कस्ता घटना भएका थिए । समाजलाई कहाँसम्म लगेको थियो भन्नेबारेमा हुन्छ । एउटा कुरा के नभुलौँ भने बल्छी धुर्वे माओवादी भएछ भन्ने अफवाह नफैलाऔँ । हरेक शुक्रवार साँझ ७ बजे आउनेछ ।’

    उनले टेलिश्रृंखलामा १० वर्षे माओवादी जनयुद्धका घटनालाई देखाइने बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend