logo

२०८१ असोज ३ बिहिबार

logo
  • बिहिबार, ३ असोज २०८१
  • चर्चामा चलचित्र ‘ज्वाइँ साब’

    चर्चामा चलचित्र ‘ज्वाइँ साब’

    833
    Shares
    चर्चामा चलचित्र ‘ज्वाइँ साब’

    काठमाडौँ । वसन्त निरौलाको निर्देशनमा बनेको चलचित्र ‘ज्वाइँ साब’ अहिले चर्चामा छ । चलचित्रको हालै सार्वजनिक ‘फर्स्ट लुक लुक’ र ‘टिजर’ले दर्शकबीच उत्सुकता बढाएको थियो ।

    गायक निशान भट्टराई र गायिका समीक्षा अधिकारीको स्वरमा रहेको पहिलो गीत ‘कसम बत्तीको’ सार्वजनिक भएसँगै चलचित्रको चर्चा थप चुलिएको हो । फूलपातीको अवसर पारेर आगामी असोज २४ गते रिलिज हुन लागेको ‘ज्वाइँ साब’को यो गीतले चलचित्रलाई थप उचाइमा पु(याएको निर्देशक वसन्त निरौलाले बताए ।

    “पोस्टर र टिजरले चलचित्रको ‘हाइप क्रिएट’ गरेको थियो,” उनले भने, “यो गीत आएपछि हाइप झन् बढेको छ । अहिले विदेशबाट समेत चलचित्रको माग आइरहेको छ ।” उनले विदेशमा र स्वदेशमा चलचित्र एकै दिन रिलिज गर्ने तयारी गरिरहेको बताए ।

    चलचित्रको कथा रोचक र नयाँपनले भरिपूर्ण भएकाले यसपटकको दसैँको रौनकलाई थप उत्साहपूर्ण बनाउने विश्वास निर्माण पक्षको छ । चलचित्रले दर्शकलाई फरक अनुभव दिने निर्देशक निरौलाले बताए । ‘ज्वाइँ साब’ चलचित्र रेड आई फिल्म्सको प्रस्तुति र मौसम फिल्मस्को सहकार्यमा निर्माण भएको हो ।

    यस चलचित्रमा जितु नेपाल र नीति शाहले मुख्य भूमिका निर्वाह गर्नुभएको छ । बुद्धि तामाङ, हिमेश पन्त, रमेश बुढाथोकी, निमा पाण्डे, शिशिर वाङ्देल, कविता आले, दीपक आचार्य, राजकुमार पण्डित, कमलमणी नेपाल, प्रकाश घिमिरे लगायतका कलाकारहरूको यस चलचित्रमा अभिनय रहेको छ ।

    चलचित्रका कार्यकारी निर्माता विजय बस्याल र अन्य निर्मातामा मिनादेवी खड्का, सौगात पण्डित र पदमलाल तामाङ रहेका छन् । संगीत अर्जुन पोखरेल र महेश ताम्राकारको छ । द्वन्द्व निर्देशन सञ्जय थापाले गरेका छन् भने छायाङ्कन श्याम तामाङले गरेका छन् । चलचित्रको सम्पादन सन्देश शाहले गरेका छन् ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend