logo

२०८१ असोज ३ बिहिबार

logo
  • बिहिबार, ३ असोज २०८१
  • केडिया ग्रुपको बृज सिमेन्टको व्यापार खुम्चियो, ९ महिनामा सवा अर्बको कारोबार

    केडिया ग्रुपको बृज सिमेन्टको व्यापार खुम्चियो, ९ महिनामा सवा अर्बको कारोबार

    490
    Shares
    केडिया ग्रुपको बृज सिमेन्टको व्यापार खुम्चियो, ९ महिनामा सवा अर्बको कारोबार

    काठमाडौं । मुलुकमा देखिएको सुस्त आर्थिक गतिविधिले बजारमा माग कम भएपछि मुलुककै पुरानो मध्ये एक केडिया अर्गनाइजेसनको बृज सिमेन्ट इन्डष्ट्रिजको व्यापार २५ प्रतिशत घटेको छ ।

    २०२४ को ९ महिनाको अवधिमा उद्योगको सिमेन्ट व्यापार कम भई १ अर्ब १९ करोड रुपैयाँमा सिमित भएको छ । २०२३ मा उद्योगले २ अर्ब १२ करोड २० लाख रुपैयाँको सिमेन्ट व्यापार गरेको थियो ।

    बृजले २०२२ मा २ अर्ब ४९ करोड ९० लाख, २०२१ मा २ अर्ब ९९ करोड ९० लाख रुपैयाँको सिमेन्ट व्यापार गरेको थियो । पछिल्ला वर्ष उद्योगको सिमेन्ट व्यापार निरन्तर ओरालो लागेको सार्वजनिक गरिएको वित्तीय विवरणमा उल्लेख छ । २०२३ मा बृजको व्यापार १५ प्रतिशत घटेको छ । आर्थिक गतिविधि सुस्तताले गर्दा माग कम हुनुका साथै उद्योगबीच कडा प्रतिस्पर्धा भइरहेको छ ।

    उद्योगको ८९ करोड ५३ लाख रुपैयाँ ऋणको रेटिङ गराएको छ । बृजले आफ्नो सहायक उद्योग अर्घाखाँची सिमेन्ट लिमिटेडबाट ७३ प्रतिशत क्लिङकर खरिद गरेको छ । उद्योगको मुलकभरी ३ सय डिलर रहेका छन् । कूल आम्दानीको १६ प्रतिशत हिस्सा १० डिलरको रहेको बृजले जनाएको छ ।

    सन् २००० मार्चमा स्थापना भएको बृज सिमेन्टको दैनिक १२ सय टन उत्पादन क्षमता रहेको छ । उद्योगमा केडिया ग्रुपको ५० र ५० प्रतिशत भारतको सन्त सिमेन्टको स्वामित्व छ । बृजले २ ब्राण्डको ओपिसी सिमेन्ट, ५ ब्राण्डको पिपिसी र १ ब्राण्डको पिएससी सिमेन्ट उत्पादन गर्दै आएको छ ।

    कारखाना रुपन्देहीको गोहनामा छ । बृजको आफनो क्लिङकर उत्पादन छैन् । ग्रान्डिङ युनिट मात्र सञ्चालन गरिरहेको छ । केडिया ग्रुपको बैंक तथा वित्तीय संस्था, खाद्य तथा तेल उत्पादन उद्योग सञ्चालनमा छन् । मुलुकभरी ५५ सिमेन्ट र २० वटा क्लिङकर उद्योग सञ्चालनमा छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend